Logo

२०८३, आश्विन ११गते


images
images

पुष १२ गते पोखरामा नेपथ्यको कन्सर्ट हुने 

पुष १२ गते पोखरामा नेपथ्यको कन्सर्ट हुने 

images
  • पुष १२ गते पोखरामा नेपथ्यको कन्सर्ट हुने 
    images
    images

    पोखरा  । चर्चित ब्यान्ड नेपथ्यले आगामी पुष १२ गते पोखरामा कन्सर्ट गर्ने भएको छ। मानव सेवामा सर्मपित नेपथ्य ‘मानवताका लागि सांगीतिक’ भन्ने नारासहित देश व्यापी रुपमा कन्सर्ट गरिरहेको छ । पुष १२ गते पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपह्रान्ह ४ बजेबाट कन्सर्ट सुरु हुने आयोजकले जानकारी दिएको छ ।

    images
    images
    images

    मानव सेवा आश्रमले भवन निर्माण तथा कोष स्थापनार्थ नेपथ्यको टोली साँगीतिक यात्रामा रहेको पोखराको प्रचारप्रसार संयोजक दिनेश शर्माले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार अहिलेसम्म नेपथ्यका अमृत गुरुङले विराटनगर, वीरगञ्ज, हेटौँडा र नारायणघाटमा प्रस्तुती दिइसकेका छन् । बिहिबार नेपालगञ्जमा हुदैछ।

    images
    images
    images


    सांगीतिक यात्रामा रहेको नेपथ्यले नेपालगञ्जपछि पुष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा र १६ गते काठमाडौंमा कन्सर्ट गरेर साँगीतिक यात्रा समापन गर्ने भएको छ ।

    कन्सर्टका लागि दर्शकले १ हजार कायम रुपैयाँ शुल्क तिर्नुपर्नेछ । इसेवा, खल्ती, फोन पे मार्फत टिकट बुकिङ गर्न सकिने छ । पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा बाबियतरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गामा निर्माणाधिन भवन सम्पन्न गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको प्रचारप्रसार संयोजक शर्माले बताए । उनका अनुसार देश दौडाहामा रहेको सांगीतिक समुह नेपथ्यको कन्सर्टबाट संकलित रकम आश्रमको भवन निर्माणमा खर्च गरिने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपथ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।