Logo

२०८३, आश्विन ९गते


images
images

विवेकशील साझाका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्था जटिल

विवेकशील साझाका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्था जटिल

images
  • विवेकशील साझाका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्था जटिल
    फाइल फोटो
    images
    images

    काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    images
    images
    images

    कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

    images
    images
    images

    विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ ।

    images
    images
    images

    थापाका साथी एवं ग्राण्डीका डा. विष्णु दवाडी भन्छन्, ‘उहाँको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भयो, यो मेडिसिटीमा मात्र भएकाले रेफर गरिएको हो । यो जटिल अवस्थामा गरिन्छ ।’

    ‘इक्मोको उपचारका लागि २५-३० लाख लाग्ने डाक्टरले बताउनु भएको छ’ पाण्डेले भने  ‘परिवारले आर्थिक तनाव लिनु नपरोस् भने साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान गरेका हौं ।’

    थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए ।

    पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो । एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् । 
    थापाको स्वास्थ्यस्थितिमा सुधार आओस भनेर उनका समर्थकहरुले सामाजिक संजाल मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उज्जवल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।