Logo

२०८३, आश्विन ९गते


images
images

आदर्श सञ्चारको १० वर्षे लक्ष्य: ५० हजार शेयर सदस्य र साढे ५ अर्ब सम्पत्ती पु¥याउने

आदर्श सञ्चारको १० वर्षे लक्ष्य: ५० हजार शेयर सदस्य र साढे ५ अर्ब सम्पत्ती पु¥याउने

images
  • आदर्श सञ्चारको १० वर्षे लक्ष्य: ५० हजार शेयर सदस्य र साढे ५ अर्ब सम्पत्ती पु¥याउने
    images
    images

    बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले २०९० सालको असारसम्म ५० हजार भन्दा बढी शेयर सदस्य र साढे ५ अर्ब सम्पत्ती पु¥याउने लक्ष्य लिएको छ ।संस्थाको मंसिर २७ गते सम्पन्न १६ औं वार्षिक साधारणसभाले १० वर्षे रणनीतिक योजनाको खाका पारित गर्दै यस्तो लक्ष्य लिएको हो । 

    images
    images
    images

    आगामी  साउन १ गतेदेखि शुरु हुने गरी १० वर्षे रणनीतिक योजना बनाई कार्यान्वयन गर्न साधारण सभाले सञ्चालक समितिलाई निर्देशन गरेको छ ।  
     २०९० सालको असार मसान्त सम्म संस्थामा ५० हजार भन्दा बढी शेयर सदस्य, ५० करोड शेयर पूँजि, ४ अर्ब ६० करोड बचत, ५ अर्ब कर्जा लगानी सहित साढे ५ अर्ब कुल सम्पत्ती पु¥याउने योजना साधारणसभाबाट पारित भएको छ, संस्थाका नवनिर्वाचित अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले नयाँ सञ्चालक समितिले रणनीतिक योजनाको आधारमा वार्षिक तथा मासिक कार्ययोजना बनाई लक्ष्य प्राप्तिका लागि अभियान सञ्चालन गर्नेछौ ।’ 

    images
    images
    images

    संस्थाले २०७० सालमा १० वर्षे रणनीतिक योजना बनाएर अभियान सञ्चालन गरेको थियो । २०८० सालको असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पुँजि, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित ५६ करोड कुल सम्पत्ती बनाउने लक्ष्य लिएको थियो ।   
     
    संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य, ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको छ । असार मसान्तसम्म १० वर्ष अगाडि बनाएको योजनाको लक्ष्य पुरा गरेर अगाडि बढ्ने प्रतिवद्धता सञ्चालक समितिले गरेको छ ।  

    images
    images
    images

    २०७० सालमा बनाएको रणनीतिक योजनाको अवधी आगामी असार मसान्तमा सकिने भएकाले साउन १ गतेदेखि लागु हुने गरी आगामी १० वर्षको रणनीति बनाएर अभियान सञ्चालन गर्न सञ्चालक समितिलाई साधारणसभाले जिम्मेवारी दिएको अध्यक्ष जिसीले जानकारी दिए । 
     
    आदर्श सञ्चार सहकारी संस्थाले संस्थाको रणनीतिक योजना सफल पार्नका लागि शेयर सदस्यहरुसंगको सम्बन्धलाई बढाउदै प्रत्येक शेयर सदस्यले वार्षिक २ जना शेयर सदस्य थप गर्ने अभियान विगतदेखि नै सञ्चालन गर्दै आइरहेको छ । इच वन क्याच टु अभियान भन्दै एकजनाले वर्षमा २ जना शेयर सदस्य थप गर्ने, सबै शेयर सदस्यले शेयर रकम वृद्धि गर्दै लैजानका लागि सदस्यहरुलाई आव्हान गरिएको संस्थाका सचिव सरस्वती खड्का परियारले बताईन ।
      
    संस्थाको रणनीतिक योजना पुरा गर्नका लागि संस्थाले सदस्य भेटौ, सदस्य सुनौ अभियान सञ्चालन गर्नुका साथै वित्तीय साक्षरता, विद्यालयमा सहकारी शिक्षा, प्रत्येक महिना पाँच गाउ ः सहकारी अभियान गर्दै जाउ, स्वास्थ्य सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।                                                                   

    सूचना र सञ्चारसंगै वित्तीय कारोबार गर्दै आइरहेको आदर्श सञ्चार सहकारीले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आदर्श सञ्चार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।