धुर्ब लामिछाने, देवदह । बैंक तथा बित्तिय संस्थाको अत्यधिक ब्याजदर वृद्धि बिरुद्ध देवदहका व्यवसायीहरूले प्रदर्शन गरेका छन्। सोमबार देवदह १२ शंकरपुर चोकमा व्यवसायीहरुले टायर बालेर प्रदर्शन गरेका हुन्।
बैंक तथा बित्तिय संस्थाको ब्याजदर वृद्धिले पिडित भएकाहरूको संघर्ष समितिका संयोजक टिका प्रसाद पौडेलको नेतृत्वमा भएको उक्त प्रदर्शन व्यवसायीहरूले विश्वभर फैलिएको कोरोना महामारीको समयमा अन्य राष्ट्रहरूले व्यवसायीलाई सहायता दिएको भए पनि नेपालमा भने उल्टो व्यवसायीहरूलाई अन्याय हुनेगरी बैंक तथा वित्तिय संस्थाले चर्को ब्याज लिएको भन्दै सो अवधिमा लिएको ब्याज फिर्ता गरि ब्याज दर १ अंक कायम गर्न अनुरोध गरेका थिए।
राष्ट्र बैंकले जारी गरेको सर्कुलर लागु गर्नुपर्ने, बैङ्कहरूको लूटको अन्त्य हुनुपर्ने माग बैंक तथा वित्तीय संस्था पिडित संघर्ष समितिले अगाडी सारेको समितिका अध्यक्ष पौडेलले बताए।
पीडित समितिले यसअघि देवदह नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology