Logo

२०८३, श्रावण २७गते


images
images

पत्र पत्रीकाबाट

कांग्रेस महाधिवेशन अनिश्चित : पौडेलले सुझाए दुई विकल्प, छलफलका लागि देउवा तयार 

कांग्रेस महाधिवेशन अनिश्चित : पौडेलले सुझाए दुई विकल्प, छलफलका लागि देउवा तयार 

images
  • सेतोमसी सहकर्मी
  • कांग्रेस महाधिवेशन अनिश्चित : पौडेलले सुझाए दुई विकल्प, छलफलका लागि देउवा तयार 
    images
    images

    काठमाडौं  । आगामी ७ दखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अधि सारेका छन् । उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित 'भर्चुअल' कार्यक्रम मार्फत विकल्प देखाएका हुन् । 

    images
    images
    images

    पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर (विवाद भएका बाहेक मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा छानिएका पुराना प्रतिनिधिबाटै भए पनि एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्न सकिने प्रस्ताव पौडेलले गरेका हुन् । 

    images
    images
    images

    'पार्टी महाधिवेशन नभएको धेरै भयो, वैधानिकताको पनि प्रश्न छ, महाधिवेशन गर्ने पर्छ, कि त टुगिएका सदस्यबाट महाधिवेशन गरौँ,' उनले भने, कि १३औं महाधिवेशनकै प्रतिनिधि सहभागी गराएर एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गराऔं ।' पौडेलको धारणापछि सभापति शेरबहादुर देउवाले आफूलाई महाधिवेशन टार्ने रहर नभएको भन्दै सबै विकल्पमा बसेर खुला छलफल गर्न तयार रहेको बताए । 'बसेर छलफल गरौँ, मलाई पनि महाधिवेशन गर्न मन छ, टार्न खोजेको होइन, कोभिड आयो त के गर्ने ?' देउवाले भने, 'सबै साधी समेटेर महाधिवेशन गरौं, पुराना मात्र समेट्दा नयाँ रिसाउँछन्, छलफल गरौं, कसैलाई बाइपास गर्ने कुरा छैन, अनलाइनबाट पनि सकिन्छ होला । 

    images
    images
    images

    देउवाले महाधिवेशनबारे आफू प्रस्ट रहेको भन्दै आफ्नो प्रजातन्त्रप्रतिको निष्ठामाथि प्रश्न नउठाउन नेता पौडेललाई आग्रह गरे । 'म पनि प्रजातन्त्रका लागि लडेको हुँ, प्रजातन्त्रकाविरुद्ध जान्छु होला र ?', उनले पौडेलतिर औल्याउदै थपे, 'म पनि तपाईंसँगै जेलमा परेको मान्छे हो, प्रजातान्त्रिक पद्धतिमा प्रतिबद्ध छु ।' 

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सूचना तथा प्रचार विभागले महाधिवेशनमा प्रविधि प्रयोगबारे तयारी गरिरहेको जानकारी दिए। 'सकेसम्म भौतिक रूपमै महाधिवेशन गर्नुपर्छ, नभए प्रविधि प्रयोबाट पनि गर्न सकिन्छ, हामी प्रयास गर्दै छौं,' उनले भने, 

    'भर्चुअल रूपमै उद्घाटनदेखि मतदानसम्म गर्नुपर्ने अवस्था आएमा पनि पार्टी सूचना तथा सञ्चार विभागले प्रयास गरिरहेको छ ।' 

    संवैधानिक व्यवस्थमा टेकेर कांग्रेसले यसअघि अन्तिमपटक केन्द्रीय समितिको म्याद यही भदौसम्म थपेको थियो । संविधानको धारा २६९ को उपधारा ४ 'ख' मा ५ वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसके ६ महिना म्याद थप्न सक्ने प्रावधान छ 

    कांग्रेसले हालसम्म नवीकरण र क्रियाशील गरी करिब ८ लाख सदस्यता वितरण गरेको छ । केही जिल्लामा विवादका कारण सदस्याको काम नै हुन सकेको छैन । सिन्धुपाल्चोकमा समायोजनकै काम हुन सकेको छैन भने समायोजन भएका सप्तरी, बारा र सिराहाको विवाद कायमै छ । राजधानी दैनिकमा प्रकाशीत समाचार  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।