Logo

२०८३, श्रावण २७गते


images
images

समानुपातिकमा 'पावरवाला'को बर्चश्व, कांग्रेसबाट देउवा र खाणकी पत्नी सिफारिस

समानुपातिकमा 'पावरवाला'को बर्चश्व, कांग्रेसबाट देउवा र खाणकी पत्नी सिफारिस

images
  • समानुपातिकमा 'पावरवाला'को बर्चश्व, कांग्रेसबाट देउवा र खाणकी पत्नी सिफारिस
    images
    images

    नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । मंसिर ४ माम सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा कांग्रेसले ३२ सिट पाएको थियो ।

    images
    images
    images

    कांग्रेसबाट ११० जना समानुपातिक उम्मेदवारमध्ये २९ जना महिला र ३ जना पुरुष सांसदका लागि सिफारिस भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरुषतर्फका तीन जनामा दलिततर्फ सहमहामन्त्री जीवन परियार, मधेसीतर्फ नेता विमलेन्द्र निधि र खसआर्यतर्फ पहिलो नम्बरमा रहेका प्रवक्ता प्रकाशशरण महतलाई रोजेका छन् । आदिवासी जनजाति पुरुषतर्फ नेता गोपालमान श्रेष्ठ, थारु पुरुषतर्फ नेता योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै रहेका सहमहामन्त्री फरमुल्लाह मन्सुर देउवाको रोजाइमा पर्न सकेनन् ।

    images
    images
    images

    डा. महत देउवाको निर्विकल्प रोजाइ बन्दा पूर्व उपसभापति श्रेष्ठ पनि छुट्न पुगे । पार्टीका सहमहामन्त्री परियार समानुपातिक सांसद बन्दा सहमहामन्त्री मन्सुर छुटे । योसँगै कांग्रेसबाट संघीय संसदमा मुस्लिम पुरुषको प्रतिनिधित्व शून्य भएको छ ।

    images
    images
    images

    गृहमन्त्री बालकृष्ण खाणका विश्वासपात्र चौधरी पनि थारुतर्फ पहिलो नम्बरमा रहँदा पनि हेभिवेट नेताको मिचाइमा परे । पूर्व उपसभापति निधिलाई भने शनिबार दोहोरो खुसी मिल्यो । देउवा पक्षका सहमहान्त्री मन्सुर र पूर्व उपसभापति श्रेष्ठलाई पन्छाएर निधिले पाँच वर्षका लागि संघीय संसदको यात्रा तय गरे । यता मधेसी महिलातर्फ नेता निधिकी भान्जी निनुकुमारी कर्ण पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ । 

    सभापति देउवा पत्नी आरजु राणा देउवा, गहृमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाण, कांग्रेस नेता स्वर्गीय नविन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी पनि सांसद बन्ने भएकी छन् । कांग्रेस केन्द्रीय सदस्यद्वय आरजु र मन्जु खसआर्य महिलातर्फ समानुपातिक सांसदका लागि सिफारिस भएकी छन् । यस्तै आदिवासी जनजातितर्फबाट राजभण्डारी  पनि सांसद बन्ने पक्का भएको छ । 

    कांग्रेसको १४ औं महाधिवेशनमा सार्वधिक मत पाएकी मुक्ताकुमारी यादव पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ । कांग्रेसका संघर्षशील महिलाहरू माया राई, सरिता प्रसाईं, प्रतिमा गौतम, नागिना यादव लगायतले समानुपातिक सांसद बन्ने मौका पाए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।