Logo

२०८३, श्रावण २७गते


images
images

सेतोमसी संवाद

'संक्रमितलाई अस्पताल पुर्याउनु मानवीय कार्य हो, हामीले पार्टीको प्रचार गरेका हैनौं'

'संक्रमितलाई अस्पताल पुर्याउनु मानवीय कार्य हो, हामीले पार्टीको प्रचार गरेका हैनौं'

आफ्नो प्रचारको लागि यो गरे भन्नेहरु पनि भेटिए । तर, हाम्रो सोंचाई मानवसेवा वाहेक केहि थिएन । उनीहरूलाई हामीले भन्यौं - ठिक छ, तपाईंहरुपनि गर्नुस न त ! तर, उनीहरुले कुरा मात्र गरे, काम गरेनन् ।
images
  • 'संक्रमितलाई अस्पताल पुर्याउनु मानवीय कार्य हो, हामीले पार्टीको प्रचार गरेका हैनौं'
    images
    images

    रुपन्देही । कोभिड महामारीमा पिल्सिएका जनतालाई प्रत्यक्ष राहत हुने गरि सामाजिक सेवामा अहोरात्र खट्ने संस्थाका प्रतिनिधिहरुसंग संवाद गर्ने, उनीहरूका अनुभव र उनीहरुले सामना गरेका चुनौतीहरुलाई स्थान दिने र महामारीमा महान कार्य गर्नेहरूलाई प्रोत्साहन गर्ने सेतोमसीको अभियान जारी छ । त्यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, देवदह जसले संकटको बेला २४ सै घण्टा सवारी चलाएर विरामीलाई उद्दार गर्ने कार्य गर्‍यो र गर्दै आएको छ । प्रस्तुत छ - उक्त पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्सालसंग सेतोमसी सहकर्मी विष्णु पोखरेलले गनुभएको सेतोमसी संवादको सम्पादित अंश - सम्पादक

    images
    images
    images

    तोयानाथ जी यहाँलाई सेतोमसीमा स्वागत छ ।

    images
    images
    images

    धन्यवाद !

    images
    images
    images

    एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता भएर काम गर्दैगर्दा देवदह नगरभित्रको कोभिडको अवस्थालाई कसरी हेर्नुभएको छ ?

    अहिलेको अवस्था गम्भीर छ । हामी जे छौँ, जहाँ छौँ त्यही बसेर आफू बाँचेर अरुलाई बचाँउनुपर्ने अवस्थामा हामी छौँ ।

    धेरै चुनौती आउँछन् । कतिसम्म भने तपाईंले यो किन गर्नुहुन्छ ? यो त सरकारले गर्छ भन्ने सम्मका फोन पनि आउँछन । सरकारी निकायसंग समन्वय किन गर्नुभएन भन्ने पनि कुराहरु आए । यो आधिकारिक व्यक्तिहरुवाट नभई अन्य व्यक्तिहरुबाट आएको हो ।

    हामीले जान्न चाहेको, यहाँले देवदहको अबस्था कस्तो देख्नुभएको छ ?

    देवदहको अवस्था नाजुक छ । तर, पहिले भन्दा अहिले केही सुधार चै भएको छ । जव हामीले गाडीको व्यवस्था गर्यौं त्यो बेला हामीलाई धान्न नै मुस्किल भएको थियो ।

    महामारी नियन्त्रण र यसको व्यवस्थापनमा यहाँको स्थानीय सरकारले कसरी गरिरहेको छ ? 

    उहाँहरुले केही त गर्नुभएकै छ । तर पनि सिमित श्रोतको कारणले पनि होला । जुन रुपले काम गर्नुपर्ने हो त्यति चै भएको छैन । तर, समग्रमा त्यति नराम्रो पनि छैन ।

    तपाईंको नगर पार्टीले संक्रमितलाई उद्दार गर्ने र अस्पतालसम्म पुर्याउने कार्य गरिरहेको छ । देवदहमा अरुले नगरेको यो अलि नयाँ खालको काम पनि हो । यस्तो सोंच कसरी आयो ?

    म चै विदेशमा बसेको मान्छे । विदेशमा अलपत्र परेका, अफ्ट्यारोमा परेकालाई पनि सहयोग गर्दै आएको हुँ । हामीले गतसालको कोभिडकालमा मास्क, सेनिटाइजर लगायत सामग्री वितरण गरेका थियौं । मान्छेले दु:ख पाएको म देख्न सक्दिन । त्यसैले हामिले केही त गर्नुपर्छ भन्ने सोंच्दै गर्दा यहाँसम्म आइयो ।

    केही मान्छेहरुले यिनिहरुले आफ्नो प्रचारको लागि यो गरे, राजनीतिक रंग देखाए भनेर पनि कुरा गरे । हामीले उहाँहरुलाई त्यो बेला भन्यौं - हाम्रो सोंचाई मानवसेवा वाहेक केहि होइन । ठिक छ, तपाईंहरुपनी गर्नुस न त । यो त राम्रै हुन्छ भनेर सम्झायौं पनि ।

    यहाँहरुले यसरी काम  गर्दै गर्दा के कस्ता चुनौतीको सामाना गरिरहनु भएको छ ?

    धेरै चुनौती आउँछन् । कतिसम्म भने तपाईंले यो किन गर्नुहुन्छ ? यो त सरकारले गर्छ भन्ने सम्मका फोन पनि आउँछन । सरकारी निकायसंग समन्वय किन गर्नुभएन भन्ने पनि कुराहरु आए । यो आधिकारिक व्यक्तिहरुवाट नभई अन्य व्यक्तिहरुबाट आएको हो । 

    हामीले अहिले नितान्त सामाजिक कार्य गरेको हो । तर, केही मान्छेहरुले यिनिहरुले आफ्नो प्रचारको लागि यो गरे, राजनीतिक रंग देखाए भनेर पनि कुरा गरे । हामीले उहाँहरुलाई त्यो बेला भन्यौं - हाम्रो सोंचाई मानवसेवा वाहेक केहि होइन । ठिक छ, तपाईंहरुपनी गर्नुस न त । यो त राम्रै हुन्छ भनेर सम्झायौं पनि ।

    यी सबै काम गर्दा लाग्ने तपाईंहरुको दैनिक बजेट चै कति हो ? र, आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?

    आफू र आफन्त रहेभने पैसा फेरि पनि कमाईएला भन्ने सोंचले हामीले काम गर्यौं । यसको व्यवस्थापन मुख्यत: मैले गरेको छु । म वाहेक साथीहरू पनि हुनुहुन्छ । नगर अध्यक्ष माधव रिमाल दाइ लगायत अरु सबै साथीहरूले टिमको रुपमा काम गरेका छौँ ।

    व्यवस्थापन आर्थिक मात्रै पनि होइन रहेछ । जस्तै अन्य साथीहरू जसले चालक दलमा काम गर्नुभएको छ । दिनरात खट्नुभएको छ । उहाँहरुको त्यो खटाई, त्यो काम गराई समग्र आर्थिक पाटो भन्दा धेरै माथी छ । 

    सुरुका दिनमा दैनिक २५ देखि २७ जना सम्म विरामीको उद्दार गरियो । अहिले पछिल्लो पटक चै अलि कम भएको छ । दैनिक १०-१२ जना बोकिरहेका छौँ । आजसम्म जम्मा ३५० जति नगरवासीलाई अस्पतालसम्म पुर्याउने र घर ल्याउने काम हामिले गर्यौं ।

    यसरी काम गर्दै गर्दा चाहिने पिपिइ सेटहरू कहाँबाट प्राप्त गर्नुहुन्छ ?

    पिपिइ हामीले आफै किनेका हौं । नगरपालिकाबाट पनि २ सेट पिपिइ चै लिएका हौं तर, त्यो अलि गर्मी हुने खालको रहेछ । गाडिमा एसी नभएको कारणले त्यो प्रयोग गर्न चालकदलका साथीहरूलाई गार्हो भएर त्यो खासै प्रयोग भएन ।

    दैनिक कति विरामीलाई सेवा दिनुहुन्छ ? र, आजसम्म आईपुग्दा कति विरामीको उद्दार गरिसक्नु भयो ।

    हामिले बैशाख २३ गते देखि सुरुगरेका हौं ।सुरुका दिनमा दैनिक २५ देखि २७ जना सम्म विरामीको उद्दार गरियो । अहिले पछिल्लो पटक चै अलि कम भएको छ । दैनिक १०-१२ जना बोकिरहेका छौँ । आजसम्म जम्मा ३५० जति नगरवासीलाई अस्पतालसम्म पुर्याउने र घर ल्याउने काम हामिले गर्यौं ।

    यसरी सामाजिक काम गर्दैगर्दा तपाईंको टिमको कोहि साथीहरू पनि संक्रमित हुनुभएको छ कि ?

    छैन, अहिलेसम्म सबै सुरक्षित हुनुहुन्छ ।

    तपाईको टिममा अहिले दिनहुँ सेवा गर्ने कति जना हुनुहुन्छ ?

     नगर अध्यक्ष, क्षेत्रीय अध्यक्ष, म आफै पनि भएँ । गाडिमा पनि सबैले आलोपालो गर्नुभयो । हामी पार्टी नगर र वडा कमिटीमा रहनुभएका सवै साथीहरू, युवा मोर्चाका साथीहरू, हामी सबै आवस्यकता पर्दा खटिईरहेका छौँ ।

    प्रायजसो: कस्तो अवस्थामा विरामीको उद्दार गर्नुभएको छ ? हामी के सुन्छौं भने धेरैजसो विरामीहरु रोग बढिनै च्यापेपछी मात्रै अस्पताल जानुहुन्छ । यो सत्य हो ?

    हो, त्यो सत्य हो । हामीले कोभिडलाई बुझ्दा नै गलत तरिकाले बुझियो कि भन्ने लाग्छ । सुरुमा ज्वरो आउंदै गर्दा अस्पताल जाने गरियो भने उहाँलाई नै सजिलो हुने हो । मान्छेले रोग लुकाकै हो । समयमै अस्पताल नजाने प्रवृत्ति हामीसंग छ । त्यो देखियो ।

    तर, पछिल्लो अवस्थामा अलि चेतना भने बढेको पाइएको छ ।

    स्थानीय सरकारबाट के सहयोगको अपेक्षा  गर्नुहुन्छ ?

    उहाँहरुसंग त्यस्तो केहि अपेक्षा छैन । हामीले त्यतिराम्रो गरि सहकार्य गर्ने मौका पनि पाइएन । कामको प्रेसरले पनि त्यस्तो भयो । स्थानीय सरकारको मुख ताक्नु मात्र राम्रो होइन । हामीले नै बनाएको सरकार त हो नि । हामी नागरिक, राजनीति दल पनि स्थानीय सरकार कै एक भाग हौं ।

     महामारीमा यो पार्टी, त्यो व्यक्ति भन्ने, अरुको आलोचना गर्ने र बस्ने बेला नै होइन । सकेको आफैले गर्ने हो । त्यो हामिले गरिरहेका छौं । हामी त हामिले जनता बोक्न प्रयोग गरेको गाडिमा राप्रपाको झण्डा पनि नराख्ने सोंचमा थियौं । तर, हामीसंग अरु त केही छैन । क्लब भएको भएपनी हुन्थ्यो । त्यो पनि भएन । यसै एक्लै जांदा व्यक्ति विशेष कोलाई जनताले चिन्ने र विस्वास  भन्ने पनि कुरा आउँने । त्यसैले यसरी काम गर्यौं ।

    अन्त्यमा सेतोमसीमार्फत के भन्न चाहानुहुन्छ ?

    सर्वप्रथम त सेतोमसीलाई धन्यवाद दिन चाहान्छु । तपाईंहरुले हाम्रा कामलाई निरन्तर जनतामाझ पुर्याउँन जुन भुमिका खेल्दै आउनुभएको छ । यो अमुल्य छ । 

    हाम्रो मात्र होइन, अस्ति अनेरास्ववियुका साथीहरूले सुरु गर्नुभएको कामको पनि तपाईंहरुले समाचार प्रकाशीत गर्नुभएको छ । तपाइँहरुले एउटा मिडियाको धर्म जुन निभाउनु भएको छ । त्यसको लागि धन्यवादको पात्र हुनुहुन्छ।

    त्यसैगरि यहाँका राजनीतिक दललाई अनुरोध गर्न चाहान्छु । हामी पार्टीको प्रचार गर्दै छैनौं । कसैसँग रिस राग पनि छैन । सकेको सामाजिक सेवा गरेको मात्रै हो ।

    देवदह नगरपालिकाका जनप्रतिनिधिहरु मेयर, उपमेयर ज्युहरुलाई पनि आवश्यक परेको खण्डमा हामीलाई सम्झिन जिम्मेवारी दिनुहुन अनुरोध गर्दछौं । दिइएको जिम्मेवारी हामीले निभाउने नै छौँ ।

    संघ-संस्था र समाजसेवी साथीहरूलाई पनि यो बेला घर बस्ने होइन । कोभिड लाग्छ कि भनेर डराउने पनि होइन । तपाईं हामी जस्तो जाने बुझेको मान्छे पनि घर बसियो भने भोलि नजानेको मान्छे गर्ने के ? आज हामिले कसैलाई केही सहयोग गर्यौं भने भोलिका दिनमा हामीले पनि सहयोग प्राप्त गर्न सक्छौं ।

     अन्त्यमा, मानवसेवामा अहोरात्र खट्नुहुने राप्रपाका सम्पुर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । 


    हेर्नुहोस्, राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालसंग सेतोमसी सहकर्मी बिष्णु पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।