रुपन्देही । कोभिड महामारीमा पिल्सिएका जनतालाई प्रत्यक्ष राहत हुने गरि सामाजिक सेवामा अहोरात्र खट्ने संस्थाका प्रतिनिधिहरुसंग संवाद गर्ने, उनीहरूका अनुभव र उनीहरुले सामना गरेका चुनौतीहरुलाई स्थान दिने र महामारीमा महान कार्य गर्नेहरूलाई प्रोत्साहन गर्ने सेतोमसीको अभियान जारी छ । त्यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, देवदह जसले संकटको बेला २४ सै घण्टा सवारी चलाएर विरामीलाई उद्दार गर्ने कार्य गर्यो र गर्दै आएको छ । प्रस्तुत छ - उक्त पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्सालसंग सेतोमसी सहकर्मी विष्णु पोखरेलले गनुभएको सेतोमसी संवादको सम्पादित अंश - सम्पादक ।
तोयानाथ जी यहाँलाई सेतोमसीमा स्वागत छ ।
धन्यवाद !
एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता भएर काम गर्दैगर्दा देवदह नगरभित्रको कोभिडको अवस्थालाई कसरी हेर्नुभएको छ ?
अहिलेको अवस्था गम्भीर छ । हामी जे छौँ, जहाँ छौँ त्यही बसेर आफू बाँचेर अरुलाई बचाँउनुपर्ने अवस्थामा हामी छौँ ।
धेरै चुनौती आउँछन् । कतिसम्म भने तपाईंले यो किन गर्नुहुन्छ ? यो त सरकारले गर्छ भन्ने सम्मका फोन पनि आउँछन । सरकारी निकायसंग समन्वय किन गर्नुभएन भन्ने पनि कुराहरु आए । यो आधिकारिक व्यक्तिहरुवाट नभई अन्य व्यक्तिहरुबाट आएको हो ।
हामीले जान्न चाहेको, यहाँले देवदहको अबस्था कस्तो देख्नुभएको छ ?
देवदहको अवस्था नाजुक छ । तर, पहिले भन्दा अहिले केही सुधार चै भएको छ । जव हामीले गाडीको व्यवस्था गर्यौं त्यो बेला हामीलाई धान्न नै मुस्किल भएको थियो ।
महामारी नियन्त्रण र यसको व्यवस्थापनमा यहाँको स्थानीय सरकारले कसरी गरिरहेको छ ?
उहाँहरुले केही त गर्नुभएकै छ । तर पनि सिमित श्रोतको कारणले पनि होला । जुन रुपले काम गर्नुपर्ने हो त्यति चै भएको छैन । तर, समग्रमा त्यति नराम्रो पनि छैन ।
तपाईंको नगर पार्टीले संक्रमितलाई उद्दार गर्ने र अस्पतालसम्म पुर्याउने कार्य गरिरहेको छ । देवदहमा अरुले नगरेको यो अलि नयाँ खालको काम पनि हो । यस्तो सोंच कसरी आयो ?
म चै विदेशमा बसेको मान्छे । विदेशमा अलपत्र परेका, अफ्ट्यारोमा परेकालाई पनि सहयोग गर्दै आएको हुँ । हामीले गतसालको कोभिडकालमा मास्क, सेनिटाइजर लगायत सामग्री वितरण गरेका थियौं । मान्छेले दु:ख पाएको म देख्न सक्दिन । त्यसैले हामिले केही त गर्नुपर्छ भन्ने सोंच्दै गर्दा यहाँसम्म आइयो ।
केही मान्छेहरुले यिनिहरुले आफ्नो प्रचारको लागि यो गरे, राजनीतिक रंग देखाए भनेर पनि कुरा गरे । हामीले उहाँहरुलाई त्यो बेला भन्यौं - हाम्रो सोंचाई मानवसेवा वाहेक केहि होइन । ठिक छ, तपाईंहरुपनी गर्नुस न त । यो त राम्रै हुन्छ भनेर सम्झायौं पनि ।
यहाँहरुले यसरी काम गर्दै गर्दा के कस्ता चुनौतीको सामाना गरिरहनु भएको छ ?
धेरै चुनौती आउँछन् । कतिसम्म भने तपाईंले यो किन गर्नुहुन्छ ? यो त सरकारले गर्छ भन्ने सम्मका फोन पनि आउँछन । सरकारी निकायसंग समन्वय किन गर्नुभएन भन्ने पनि कुराहरु आए । यो आधिकारिक व्यक्तिहरुवाट नभई अन्य व्यक्तिहरुबाट आएको हो ।
हामीले अहिले नितान्त सामाजिक कार्य गरेको हो । तर, केही मान्छेहरुले यिनिहरुले आफ्नो प्रचारको लागि यो गरे, राजनीतिक रंग देखाए भनेर पनि कुरा गरे । हामीले उहाँहरुलाई त्यो बेला भन्यौं - हाम्रो सोंचाई मानवसेवा वाहेक केहि होइन । ठिक छ, तपाईंहरुपनी गर्नुस न त । यो त राम्रै हुन्छ भनेर सम्झायौं पनि ।
यी सबै काम गर्दा लाग्ने तपाईंहरुको दैनिक बजेट चै कति हो ? र, आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?
आफू र आफन्त रहेभने पैसा फेरि पनि कमाईएला भन्ने सोंचले हामीले काम गर्यौं । यसको व्यवस्थापन मुख्यत: मैले गरेको छु । म वाहेक साथीहरू पनि हुनुहुन्छ । नगर अध्यक्ष माधव रिमाल दाइ लगायत अरु सबै साथीहरूले टिमको रुपमा काम गरेका छौँ ।
व्यवस्थापन आर्थिक मात्रै पनि होइन रहेछ । जस्तै अन्य साथीहरू जसले चालक दलमा काम गर्नुभएको छ । दिनरात खट्नुभएको छ । उहाँहरुको त्यो खटाई, त्यो काम गराई समग्र आर्थिक पाटो भन्दा धेरै माथी छ ।
सुरुका दिनमा दैनिक २५ देखि २७ जना सम्म विरामीको उद्दार गरियो । अहिले पछिल्लो पटक चै अलि कम भएको छ । दैनिक १०-१२ जना बोकिरहेका छौँ । आजसम्म जम्मा ३५० जति नगरवासीलाई अस्पतालसम्म पुर्याउने र घर ल्याउने काम हामिले गर्यौं ।
यसरी काम गर्दै गर्दा चाहिने पिपिइ सेटहरू कहाँबाट प्राप्त गर्नुहुन्छ ?
पिपिइ हामीले आफै किनेका हौं । नगरपालिकाबाट पनि २ सेट पिपिइ चै लिएका हौं तर, त्यो अलि गर्मी हुने खालको रहेछ । गाडिमा एसी नभएको कारणले त्यो प्रयोग गर्न चालकदलका साथीहरूलाई गार्हो भएर त्यो खासै प्रयोग भएन ।
दैनिक कति विरामीलाई सेवा दिनुहुन्छ ? र, आजसम्म आईपुग्दा कति विरामीको उद्दार गरिसक्नु भयो ।
हामिले बैशाख २३ गते देखि सुरुगरेका हौं ।सुरुका दिनमा दैनिक २५ देखि २७ जना सम्म विरामीको उद्दार गरियो । अहिले पछिल्लो पटक चै अलि कम भएको छ । दैनिक १०-१२ जना बोकिरहेका छौँ । आजसम्म जम्मा ३५० जति नगरवासीलाई अस्पतालसम्म पुर्याउने र घर ल्याउने काम हामिले गर्यौं ।
यसरी सामाजिक काम गर्दैगर्दा तपाईंको टिमको कोहि साथीहरू पनि संक्रमित हुनुभएको छ कि ?
छैन, अहिलेसम्म सबै सुरक्षित हुनुहुन्छ ।
तपाईको टिममा अहिले दिनहुँ सेवा गर्ने कति जना हुनुहुन्छ ?
नगर अध्यक्ष, क्षेत्रीय अध्यक्ष, म आफै पनि भएँ । गाडिमा पनि सबैले आलोपालो गर्नुभयो । हामी पार्टी नगर र वडा कमिटीमा रहनुभएका सवै साथीहरू, युवा मोर्चाका साथीहरू, हामी सबै आवस्यकता पर्दा खटिईरहेका छौँ ।
प्रायजसो: कस्तो अवस्थामा विरामीको उद्दार गर्नुभएको छ ? हामी के सुन्छौं भने धेरैजसो विरामीहरु रोग बढिनै च्यापेपछी मात्रै अस्पताल जानुहुन्छ । यो सत्य हो ?
हो, त्यो सत्य हो । हामीले कोभिडलाई बुझ्दा नै गलत तरिकाले बुझियो कि भन्ने लाग्छ । सुरुमा ज्वरो आउंदै गर्दा अस्पताल जाने गरियो भने उहाँलाई नै सजिलो हुने हो । मान्छेले रोग लुकाकै हो । समयमै अस्पताल नजाने प्रवृत्ति हामीसंग छ । त्यो देखियो ।
तर, पछिल्लो अवस्थामा अलि चेतना भने बढेको पाइएको छ ।
स्थानीय सरकारबाट के सहयोगको अपेक्षा गर्नुहुन्छ ?
उहाँहरुसंग त्यस्तो केहि अपेक्षा छैन । हामीले त्यतिराम्रो गरि सहकार्य गर्ने मौका पनि पाइएन । कामको प्रेसरले पनि त्यस्तो भयो । स्थानीय सरकारको मुख ताक्नु मात्र राम्रो होइन । हामीले नै बनाएको सरकार त हो नि । हामी नागरिक, राजनीति दल पनि स्थानीय सरकार कै एक भाग हौं ।
महामारीमा यो पार्टी, त्यो व्यक्ति भन्ने, अरुको आलोचना गर्ने र बस्ने बेला नै होइन । सकेको आफैले गर्ने हो । त्यो हामिले गरिरहेका छौं । हामी त हामिले जनता बोक्न प्रयोग गरेको गाडिमा राप्रपाको झण्डा पनि नराख्ने सोंचमा थियौं । तर, हामीसंग अरु त केही छैन । क्लब भएको भएपनी हुन्थ्यो । त्यो पनि भएन । यसै एक्लै जांदा व्यक्ति विशेष कोलाई जनताले चिन्ने र विस्वास भन्ने पनि कुरा आउँने । त्यसैले यसरी काम गर्यौं ।
अन्त्यमा सेतोमसीमार्फत के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम त सेतोमसीलाई धन्यवाद दिन चाहान्छु । तपाईंहरुले हाम्रा कामलाई निरन्तर जनतामाझ पुर्याउँन जुन भुमिका खेल्दै आउनुभएको छ । यो अमुल्य छ ।
हाम्रो मात्र होइन, अस्ति अनेरास्ववियुका साथीहरूले सुरु गर्नुभएको कामको पनि तपाईंहरुले समाचार प्रकाशीत गर्नुभएको छ । तपाइँहरुले एउटा मिडियाको धर्म जुन निभाउनु भएको छ । त्यसको लागि धन्यवादको पात्र हुनुहुन्छ।
त्यसैगरि यहाँका राजनीतिक दललाई अनुरोध गर्न चाहान्छु । हामी पार्टीको प्रचार गर्दै छैनौं । कसैसँग रिस राग पनि छैन । सकेको सामाजिक सेवा गरेको मात्रै हो ।
देवदह नगरपालिकाका जनप्रतिनिधिहरु मेयर, उपमेयर ज्युहरुलाई पनि आवश्यक परेको खण्डमा हामीलाई सम्झिन जिम्मेवारी दिनुहुन अनुरोध गर्दछौं । दिइएको जिम्मेवारी हामीले निभाउने नै छौँ ।
संघ-संस्था र समाजसेवी साथीहरूलाई पनि यो बेला घर बस्ने होइन । कोभिड लाग्छ कि भनेर डराउने पनि होइन । तपाईं हामी जस्तो जाने बुझेको मान्छे पनि घर बसियो भने भोलि नजानेको मान्छे गर्ने के ? आज हामिले कसैलाई केही सहयोग गर्यौं भने भोलिका दिनमा हामीले पनि सहयोग प्राप्त गर्न सक्छौं ।
अन्त्यमा, मानवसेवामा अहोरात्र खट्नुहुने राप्रपाका सम्पुर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
हेर्नुहोस्, राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालसंग सेतोमसी सहकर्मी बिष्णु पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित भिडियो :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology