Logo

२०८३, आश्विन ९गते


images
images

ब्राण्ड बन्दै  पोखरा सडक महोत्सव 

ब्राण्ड बन्दै  पोखरा सडक महोत्सव 

images
  • ब्राण्ड बन्दै  पोखरा सडक महोत्सव 
    images
    images

    राजेश पराजुली, पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा २४औं संस्करणको सडक महोत्सव हुने भएको छ। पर्यटन प्रवर्द्धनको मुख्य लक्ष्यसहित पोखराको लेकसाइडस्थित खुल्ला सडकमा महोत्सव हुन लागेको हो।

    images
    images
    images

    महोत्सवको तयारी तिब्र बनाइएको रेवानका अध्यक्ष नरेश भट्टराईले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सडक महोत्सव पोखराको पर्यटन क्षेत्रको एउटा ब्राण्ड बनेको बताउँदै भट्टराईले महोत्सवलाई अझै पृथक बनाउने अभियानमा आफूहरु लागेको बताए ।

    images
    images
    images

    कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण पर्यटन क्षेत्रमा निरासा देखिएको बताउँदै उनले महोत्सवले थप सम्भावनाहरुको उजागर गर्ने विश्वास व्यक्त गरे । आगामी पुस १३ गतेदेखि १७ गते पाँच दिनसम्म चल्ने महोत्सवलाई सफल बनाउन रेवान पोखराले विभिन्न उपसमिति गठन गरेर तयारी तिब्र बनाइको रेवान पोखराका प्रथम उपाध्यक्ष एवं महोत्सवका प्रचार प्रसार संयोजक विश्वराज पौडेलले जानकारी दिए ।

    images
    images
    images

    ‘सडकमै नाचौं, सडकमै खाउँ, सडमै रमाउँ’ भन्ने मूलका साथ रेवानले पोखरामा वर्षेनी महोत्सव गर्दै आइरहेको छ। खहरे, हल्लनचोक हुँदै फिस्टेल गेटसम्म तीन किलोमिटर सडकमा महोत्सव हुनेछ । पोखरा सडक महोत्सव पछिल्लो समय ब्राण्डका रुपमा स्थापित भइसकेको र महोत्सव सफल बनाउन राज्यले समेत दायित्व लिनुपर्ने रेवान पोखराका अध्यक्ष भट्टराईले बताए ।

    सडक महोत्सवलाई मेगा फेस्टिवलको रुपमा चिनिन्छ। रेष्टुरेण्ट एण्ड बार एसोसिएसनले महोत्सव आयोजना गरेपनि सबैको साथ र सहयोग यसमा रहन्छ । यसलाई सबैले स्वामित्वकरण गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि यसलाई ओनरसिप दिएका छन्।

    नेपाल टुरिजम बोर्डले पनि यसलाई क्यालेण्डर इयरमा राखेको छ भने, पोखरा पर्यटन परिषद् छाता संस्थाले पनि आयोजकको भूमिका खेल्दै यसलाई अझ कसरी ब्राण्डिङ गर्ने, कसरी राम्रो गर्ने र व्यवस्थापन गर्ने भनेर लागि परेको छ। स्थानीय आमा समूह, युवा क्लबलगायतका संस्थाले पनि हामीलाई सहयोग गरिरहेको अवस्था छ,’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा सडक महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।