Logo

२०८३, आश्विन ९गते


images
images

निर्माण बहुउद्देश्यीय सहकारीको दशौँ बार्षिक साधारण सभा सम्पन्न

निर्माण बहुउद्देश्यीय सहकारीको दशौँ बार्षिक साधारण सभा सम्पन्न

images
  • निर्माण बहुउद्देश्यीय सहकारीको दशौँ बार्षिक साधारण सभा सम्पन्न
    images
    images

    देवदह । देवदहस्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार शितलनगरस्थित दुर्गा पन्चायान मन्दिरको प्रांगणमामा संस्थाले दशौँ साधारण सम्पन्न गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङले सहकारीले देवदहको कृषि तथा सामाजिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै बहुउद्देश्यीय सहकारीको उद्देश्यलाई आत्मसात गर्दै कार्यसम्पादन गरेकोमा धन्यवाद व्यक्त गरिन् । सहकारीहरूले अबलोकन भ्रमण गर्ने गरेको सोही अनुरूप आफुलाई व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिईन् । सहकारीका शेयर सदस्यहरूले आफुले लगानी गरेको रकम के काममा प्रयोग भएको छ भन्नेबारे ज्ञान राख्न जरुरी रहेको उल्लेख गर्दै नागरिकको लगानी सहि ठाउँमा प्रयोग गर्नुपर्ने बताइन् ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका वडा नं. ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, विभिन्न सहकारी संस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    images
    images
    images

    कार्यक्रममा अध्यक्ष मोतिलाल ढकालले पेश गरेको बार्षिक प्रतिवेदन र आगामी कार्ययोजना सर्वसम्मत पारित भएको सहकारीका व्यवस्थापक सुशिला भण्डारीले जानकारी दिईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।