Logo

२०८३, कार्तिक २६गते


images
images

माओवादीका नेता चुमान बने दोस्रो पटक प्रदेश सांसद  

माओवादीका नेता चुमान बने दोस्रो पटक प्रदेश सांसद  

images
  • माओवादीका नेता चुमान बने दोस्रो पटक प्रदेश सांसद  
    images

    राजेश पराजुली,गण्डकी प्रदेश । माओवादीका नेता हरिबहादुर चुमान दोस्रो पटक गण्डकी प्रदेश सभा सदस्य चुनिएका छन् । चुमान तनहुँ १ (२) बाट निर्वाचित भएका हुन् ।
    चुमानले १३ हजार २७१ मत ल्याएर चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ४९८ मत पाउन सके । यहाँ कुल ३० हजार ३८१ सदर मत खसेको थियो । पूर्णबहादुर गुरुङ चुनाव अघि नेपाली कांग्रेस परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका थिए ।
    निर्वाचित भएका चुमानले संक्षिप्त कुराकानी गर्दै अब आफूले मुख्यमन्त्रीको दाबेदारी दिने बताए । ‘अहिलेसम्म केही बोल्न मिल्ने अवस्था थिएन, अब मुख्यमन्त्रीको दाबेदारी दिन्छु, मेरो स्वतः दाबेदारी रहन्छ,’ उनले भने ।
    यससँगै माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा ३ सिट जितेको छ । यसअघि माओवादी केन्द्रले म्याग्दी १ (२) र गोरखा १ (१) मा प्रदेशसभा सदस्य जितेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरिबहादुर चुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।