Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना भाइरस

दुई सातामा विदेशमा थप ४१ जना नेपालीको मृत्यु

दुई सातामा विदेशमा थप ४१ जना नेपालीको मृत्यु

images
  • दुई सातामा विदेशमा थप ४१ जना नेपालीको मृत्यु
    images
    images

    ११ जेठ काठमाडौ- कारोना भाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१ जना नेपालीको मृत्यु भएको छ । 

    images
    images
    images

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत दुई सातामा भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ र पोर्चुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

    images
    images
    images

    एनआरएनएले संकलन गरेको तथ्यांक अनुसार अहिलेसम्म भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।  

    images
    images
    images

    गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हाल सम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् । यो सोमबार सांझ सम्मको अभिलेख हो ।

    गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखी विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।