१० जेठ काठमाडौ । कोभिड १९ संकट व्यवस्थापन अध्यादेश पालना नगर्नेलाई जो कोहिलाई पनि एक वर्ष कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति निकालेर अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुने जानकारी गराएको हो ।
अध्यादेशअनुसार जारी भएको मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुवै सजाय हुन सक्ने समेत जिल्ला प्रशासनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology