Logo

२०८३, श्रावण २७गते


images
images

काठमाडौँ जिल्ला प्रशासनले अत्यावश्यक सेवा दिने

काठमाडौँ जिल्ला प्रशासनले अत्यावश्यक सेवा दिने

images
  • काठमाडौँ जिल्ला प्रशासनले अत्यावश्यक सेवा दिने
    images
    images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक परेको सेवा दिने जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले आगजानीबाट कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरु जली नष्ट भएको भन्दै असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा सञ्चालन गर्न कार्यालयको तर्फबाट अधिकतम प्रयास भइरहेको जानकरी गराएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्ववत रुपमा सेवा सञ्चालन नहुँदासम्म निम्न बमोजिमका सेवा दिने बताएको छ ।

    images
    images
    images

    १- मिति २०८२/०५/०६ अगाडी राहदानीको लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि यस कार्यालयमा मिति २०८२/०५/३१ देखि सम्पर्क गर्नुहुन ।

    images
    images
    images

    २- शान्ति सुरक्षा सम्बन्धी सेवाहरु यस कार्यालयबाट नियमित रुपमा संचालन हुने ।

    ३- राष्ट्रिय परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवाको लागि नारायणहिटी दरवारमा रहेको सेवा इकाईबाट सेवा लिनुहुन ।

    ४- राहदानी सम्बन्धी अत्यावश्यक सेवाको लागि राहदानी विभाग, त्रिपुरेश्वरबाट सेवा लिनुहुन ।

    ५- उल्लिखित सेवा बाहेक अन्य सेवा प्रवाहको लागि भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिने ।

    ६- सेवा प्रवाह सम्बन्धी थप जानकारीको लागि यस कार्यालयबाट नियमित रुपमा सूचना प्रकाशन गरी जानकारी गराईने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।