Logo

२०८३, आश्विन ९गते


images
images

राप्रपा नेपाल देवदहको अधिबेशन सम्पन्न, अध्यक्षमा माधव रिमाल निर्वाचित 

राप्रपा नेपाल देवदहको अधिबेशन सम्पन्न, अध्यक्षमा माधव रिमाल निर्वाचित 

images
  • सेतोमसी सहकर्मी
  • राप्रपा नेपाल देवदहको अधिबेशन सम्पन्न, अध्यक्षमा माधव रिमाल निर्वाचित 
    images
    images

    चैत्र २२, देवदह । राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल देवदह नगर समितिको नगरपरिषद तथा अधिबेशन सम्पन्न भएको छ । नेता माधव रिमालको अध्यक्षतामा ३१ सदस्यीय समिती निर्वाचित गर्दै अधिबेशन सम्पन्न भएको हो ।

    images
    images
    images

    देवदहको पिपलडाँडास्थित ॐ दर्शन पार्टी प्यालेसको सभाहलमा एक कार्यक्रम बिच पार्टीका केन्द्रिय नेता एवं पुर्वमन्त्री दिपक बोहोराले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरि दियो जलाएर अधिबेशनको उद्घाटन गरे । अधिबेशनलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ नेता एवं पुर्वमन्त्री दिपक बोहोराले देशमा राप्रपाका एजेन्डाहरु स्थापित हुँदै गएको बताए । हिन्दु राष्ट्र, राजतन्त्र र संघीयता खारेजीको पक्षमा जनमत बढ्दै गएको बताउँदै नेता बोहोराले आफुहरु सत्यको बाटोमा रहेको र सत्यको जित भएरै छाड्ने जिकिर गरे ।

    images
    images
    images

    अधिबेशनले माधव रिमालको अध्यक्षतामा ३१ सदस्यीय नगर समिती निर्वाचित गरेको छ । जसमा तोयनाथ लम्साल, शशी भण्डारी, कृष्ण बिक, नारायण ढकाल, धनबहादुर लोहार, मिनादेवि रिमाल, लगायत रहेका छन ।

    images
    images
    images

    20210404_145703.jpgअधिबेशनमा राप्रपा नेताहरु प्रदिप उदय, ताहिर अलि, तोयनाथ लम्साल, अजय गुप्ता, नियाम अलि, सिताराम सिंह लगायत सहभागी थिए । त्यसै गरि देवदहमा सक्रिय राजनीतिक दलहरुका प्रतिनिधिहरू नेकपा एमालेका मनकुमार कनौजे, नेपाली कांग्रेसका गुनाखर भुर्तेल, माओबादी केन्द्रका मोतिलाल ढकाल, नेकपा क्रान्तिकारी माओवादीका  भिमलाल काफ्ले, जनमुक्ति पार्टीका  डम्बर ब. थापा लगायतले अधिबेशनको सफलताको शुभकामना दिएका थिए ।
     
    अधिबेशन कै क्रममा विभिन्न दल परित्याग गरि दर्जनौं ब्यक्तिहरु राप्रपा प्रबेश गरेका थिए । पार्टी प्रबेश गर्नेहरुलाइ कार्यक्रमका प्रमुख अतिथी दिपक बोहोराले अबिर तथा खादाले सम्मान गरेर पार्टीमा स्वागत गरेका थिए ।

    नगर अध्यक्ष माधव रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन राप्रपा वडा न. १२ अध्यक्ष राजु चौधरीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।