Logo

२०८३, आश्विन ११गते


images
images

घोँषणापत्र अनुसार काम नगरे अदालतमा मुद्दा हाल्ने व्यवस्था गर्ने जनमुक्ति पार्टीको घोँषणा

घोँषणापत्र अनुसार काम नगरे अदालतमा मुद्दा हाल्ने व्यवस्था गर्ने जनमुक्ति पार्टीको घोँषणा

images
  • घोँषणापत्र अनुसार काम नगरे अदालतमा मुद्दा हाल्ने व्यवस्था गर्ने जनमुक्ति पार्टीको घोँषणा
    images
    images

    देवदह । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो पार्टीले निर्वाचन जिते प्रतिबद्धता अनुसार काम नगर्ने दल र उम्मेदवार विरुद्ध अदालत मुद्दा चलाउन पाउँने व्यवस्था गर्ने जनाएको छ । मंगलबार देवदहमा  पत्रकारसंग घोँषणा पत्र र उम्मेदवारविचको अन्तरक्रियामा बोल्दै सो पार्टीका केन्द्रिय अनुगमन विभाग संयोजक दलबहादुर बिरकट्टाले दल र उम्मेदवारले बोलेको कुरा पूरा गर्न बाध्यकारी व्यवस्था गर्नुपर्ने बताए ।

    images
    images
    images

    पार्टीको केन्द्रिय घोँषणा पत्र र दलका समानुपातिक र स्थानीय प्रत्यक्ष उम्मेदवारहरू सम्मीलित उक्त अन्तरक्रियामा बोल्दै नेता बिरकट्टाले राजनीतिक दलका नेताहरूमा निर्वाचन जित्न अनेक प्रतिबद्धता सार्वजनिक गर्ने तर जितेपछि कार्यान्वयनमा ध्यान नदिने प्रवृत्ति बढ्दै गएको बताए ।

    images
    images
    images

    भ्रष्टाचार देशको मुख्य समस्या रहेको र त्यसलाई नियन्त्रण गर्न भ्रष्टाचारीलाई राजद्रोहसरह मुद्दा चलाउने र भ्रष्टाचारीलाई आजिवन कारावासको सजाय सहित सर्वस्वहरण गरिनुपर्ने जनमुक्ति पार्टीले जनाएको छ । सबैतहको शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्नुपर्ने विचार अघि सारेको जनमुक्तिले कृषि, पर्यटन र विद्युतलाई आर्थिक आर्जनको मुख्य क्षेत्र बनाउनुपर्ने जनाएको छ ।

    images
    images
    images

    निर्वाचन महंगो बन्दै गएको र प्रत्यक्ष निर्वाचित प्रणालीबाट समानुपातिक प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । 

    त्यसैगरी काठमाडौंको ऎतिहासिकतालाई जोगाउन देशको बैकल्पिक राजनीति तयार गर्नुपर्ने विचार अघि सारेको जनमुक्तिले विभिन्न मन्त्रालयहरू बनाएर सबै समुदायको भाषा, धर्म, संस्कृतिको रक्षा र विकास गर्नुपर्ने जनाएको छ । 

    साथै जनप्रतिनिधिहरूले तलब सुविधा नलिने व्यवस्था गरिनुपर्ने धारणा समेत उक्त पार्टीले अघि सारेको छ ।

    अन्तरक्रियामा बोल्दै पार्टी नेताहरूले जनमुक्ति पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।