काठमाडौं , १० जेठ । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न सर्वोच्चमा अदालतमा रिट दिएका छन् । त्यसका लागि १ सय ४६ जना नेताहरु अदालत पुगेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् ।
गत शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन घोषणा गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरे संगै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षर सहित १४६ सांसदले सर्वोच्चमा रिट तयार पारेका छन् ।
रिटमा उल्लेखित ३ वटा माग निम्न रहेका छन् ।
१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज गर्नुपर्ने
२. संसद अधिवेशनको मिति तोकिनुपर्ने
३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।
यो संगै अहिले राजनीतिमा क होला भन्ने आतुरता सबैलाई नै छ । तर, जनताहरु भने कोरोना कहरले अक्सिजन खोजि गर्न अनि मान्छे बचाउन लागिरहेका छन् । यस्तो विषम कोरोनाको समयमा नेताहरुबाट केहि हुन्न भन्ने मौनता सर्वसाधारणको अनुहारमा महसुस गर्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology