Logo

२०८३, कार्तिक २६गते


images
images

देवदहमा एक दम्पती मृत भेटिए, श्रीमतिको हत्या गरेर श्रीमानले आत्महत्या गरेको आशंका

देवदहमा एक दम्पती मृत भेटिए, श्रीमतिको हत्या गरेर श्रीमानले आत्महत्या गरेको आशंका

images
  • देवदहमा एक दम्पती मृत भेटिए, श्रीमतिको हत्या गरेर श्रीमानले आत्महत्या गरेको आशंका
    images

    देवदह । देवदहमा एक दम्पती मृत फेला परेका छन् । वडा नं. ५ स्थित पाल्पाली टोलको आफ्नै घरमा सोमबार बिहान श्रीमान ३६ बर्षिय बालेन्द्र जोल्मी मगर र श्रीमती ३२ बर्षिया हेमकला जोल्मी मगर मृत भेटिएका हुन् ।

    images
    images
    images

    "घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतिको हत्या गरि आफुले आत्महत्या गरेको देखिन्छ "। देवदह प्रहरी चौकीका इन्चार्ज गंगा सारु भने, "कोठाको भित्रबाट चुकुल लगाएको छ । प्रकृति हेर्दा हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ ।"

    images
    images
    images

    वैदेशिक रोजगारमा गएका बालेन्द्र ४ दिनअघि मात्रै घर आएको र आइतबार साँझसम्म पारिवारिक कलह त्यस्तो केही थाहा नभएको स्थानीयले बताए । उनीहरूको ८ बर्षिय छोरो हिजो राति सुत्न आफन्तीकोमा गएको र बिहान घर आउँदा बच्चाले आमा भुईमा पल्टिएको र बाबाले घाटिमा सल बेरेरको देखेर छिमेकीलाई खबर गरेपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् ।

    images
    images

    प्रहरीको अनुसन्धान टोलि आईरहेको र अनुसन्धान पछि नै बास्तविकता के हो र घटना किन र कसरी भयो भन्नेबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।