देवदह । सत्तारूढ गठबन्धनको समर्थनमा त्रिभुज चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले देवदहलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने बताएका छन् ।
देवदहको ऎतिहासिक महत्व रहेको र गौतम बुद्धको मावलीको रूपमा यसलाई युनेस्कोमा सूचिकृत गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै भुसालले समग्र रुपन्देही र लुम्बिनी प्रदेशकै विकासका लागि संभावनाका सबै ढोकाहरू ढकढकाईने बताए ।
आइतबार देवदह नगरपालिकामा वडा कार्यालय उद्घाटन गर्दै भुसालले देवदहर र क्षेत्र नं. १ को विकासका लागि कुनै स्रोत साधनको कमि हुन नदिने प्रतिबद्धता जनाए। उनले भने, "प्रतिनिधि सभा सदस्यले सिधै विकास निर्माणका काम गर्ने होइन, त्यसको लागि तीन तहको सरकार छ । तीन तहको सरकार मध्य स्थानीय सरकारलाई बलियो बनाउने र पालिकाहरूलाई स्रोत र साधनको कुनै पनि कमि हुन नदिन हाम्रो भुमिका हुन्छ र त्यो भुमिका इमानदारीताका साथ म पूरा गर्छु ।"
भुसालले देवदहमा बन्न लागिरहेको बिश्वविद्यालय तर्फ इङ्गित गर्दै बौद्ध बिश्वविद्यालय राष्ट्रिय महत्त्व र यस क्षेत्रको लागि गौरवको बिषय बएको बताए । अहिले बौद्ध विश्वविद्यालयलाई खुर्पाको बिँड बनाईएको तर्क गर्दै उनले देवदह र यस क्षेत्र कै विकासका लागि यो श्रीखण्ड भएको दावी गरे ।
राजनीतिक अस्थिरता र गुटगत समस्याका कारण सुकुम्बासी समस्याको समाधान हुन नसकेको बताउँदै उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान आफ्नो मुख्य चासो र चिन्ताको विषय भएको धारणा व्यक्त गरे ।
फरक प्रसंगमा सत्तारूढ गठबन्धन मात्रै चुनाब जित्नका लागि नबनेको उल्लेख गर्दै उनले तत्कालीन प्रधानमन्त्री ओलिले संविधानमाथी प्रहार गरेको कारण संविधानको रक्षा र जनताको हक अधिकार सुनिश्चितताका लागि गठबन्धन बनेको तर्क गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology