Logo

२०८३, आश्विन ११गते


images
images

'भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर' 

'भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर' 

images
  • 'भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर' 
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे । 

    images
    images
    images

    निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गराउन विशेष योजना बनाएर अगाडि बढ्न मुख्यमन्त्री पोख्रेलले निर्देशन दिए । मुख्यमन्त्री पोख्रेलले निर्वाचनमा कतिबेला कहाँ के हुन्छ भन्न नसकिने भएकाले गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए ।

    images
    images
    images

    कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विकले प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकाहरुसँगको समन्वयका बारेमा जानकारी लिनका लागि बैठक राखिएको बताए ।
    प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, नवलपुर, लमजुङ र मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहभागी थिए । 

    images
    images
    images

    सो अवसरमा जिल्लाका सुरक्षाको वस्तुस्थिति, स्रोतसाधन, विपद् व्यवस्थापन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो । 

    कार्यक्रममा नेपाली सेनाका मध्यकमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशी, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी लगायत सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।