पोखरा । कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल बिच बिहिबार भेटघाट सम्पन्न भएको छ। मुख्यमन्त्री पोख्रेलको कार्यक्षमा भएको भेटघाटमा समन्वय कार्यलाइ प्रभाबकारी बनाउने तर्फ छलफल भएको हो ।
सो अबसरमा प्रमुख पौडेलले जिल्ला समन्वय समितिको भुमिकालाइ प्रभाबकारी बनाउन संविधान बमोजिम जिल्ला सभाको काम कर्तब्य र अधिकार कार्यान्वयन गर्न आबश्यक कानुन प्रदेश सरकारले निर्माण गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका थिए।
पौडेलले संविधानको धारा २२०(७)(घ) बमोजिम गाउँपालिका र नगरपालिका बिच समन्बय, सहकार्य र सहजीकरण गर्न आबश्यक ऎन, बिकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने सम्बन्धी ऎन, गैर सरकारी संस्थाहरुबाट संचालित बिकास निर्माण र अन्य कार्यक्रमको सम्बन्धमा अनुगमन गर्ने सम्बन्धि ऎन, नदिजन्य तथा खानिजन्य पदार्थको उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि ऎन तत्काल निर्माण गर्नुपर्ने भन्दै सो को आबश्यक ब्यबस्था गरिदिन प्रदेश सरकारलाइ आग्रह गरे।
पौडेलले समन्वय प्रभाबकारी बनाउन गण्डकी प्रदेशमा कानुन अभाब हुँदा काम गर्न कठिनाइ भएको भन्दै जिल्ला समन्वय समितिहरुलाइ प्रदेश सरकारको तर्फबाट आबश्यक बजेट ब्यबस्थापन गरिदिन आग्रह समेत गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोख्रेलले विकास प्रभाबकारी बनाउन सबल समन्वय आबश्यक पर्ने र सो को लागि अध्ययनपछि आबश्यक कानुन निर्माणमा पहल गर्ने बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology