Logo

२०८३, आश्विन ९गते


images
images

घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड  

घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड  

images
  • घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड  
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश  । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ ।घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो । 

    images
    images
    images

    अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो ।
    समितिका अध्यक्ष विरेन गर्बुजापुनले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । 

    images
    images
    images

    पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृष्यावलोकन गर्न आउने पर्यटकका लागि घोडा दौड प्रतियोगिता पनि अर्को आकर्षण बन्ने विश्वास गरिएको छ ।

    images
    images
    images

    सामान ढुवानी, आवतजावत र पर्यटक बोक्नका लागि घोडेपानीमा घोडा पाल्ने गरिएको छ । घोडेपानी र घोडाको सम्बन्ध पनि छ । 

    परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो ।

    समुद्री सतहदेखि करिब दुई हजार आठ सय मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्वदन्ती पनि छ । 

    यसअघि वैशाख महिनामा घोडा दौड प्रतियोगिता हुने गरेको थियो ।घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडा दौड प्रतियोगिता आयोजना हुँदै आएको छ । 

    दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद याममा गर्न लागिएको टोल सुधार समितिका अध्यक्ष गर्बुजाले बताए ।
    घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्कसम्म सात किलोमिटर पाँच सय मिटरको दूरीमा घोडा दौडाउने तय भएको छ । यहीकात्तिक ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता सडकमा राखिएको निर्माण सामग्री र उपकरण व्यवस्थापन तथा मर्मतका लागि समय लाग्ने देखिएपछि १३ दिनपछि सारिएको हो ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः रु ५१ हजार, ३१ हजार र २१ हजार नगद प्रदान गरिनेछ । सहभागीका लागि दर्ता शुल्क प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ । सहभागी हुने घोडाको लागि दानाको व्यवस्था आयोजकले गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घोडेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।