Logo

२०८३, आश्विन ९गते


images
images

उपराष्ट्रपति पुनद्वारा पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको  उद्घाटन  

उपराष्ट्रपति पुनद्वारा पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको  उद्घाटन  

images
  • उपराष्ट्रपति पुनद्वारा पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको  उद्घाटन  
    images
    images

    राजेश पराजुली, पोखरा । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गरेका  हुन।

    images
    images
    images

    उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उनले विश्वास व्यक्त गर्दै यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उनले बताए। आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उनले सबै खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे । खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उनले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिए ।

    images
    images
    images

    रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिका बीच समुद्घाटन गरिएको हो । 

    images
    images
    images

    उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता छ ।

    समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ । मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी गराइएको थियो । 

    यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ । उद्घाटन समारोह अगावै रङ्गशालाका प्याराफिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति थियो । सातवटै प्रदेशको संस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो । 
    उद्घाटनकै क्रममा आतिबाजी पड्काइएको छ ।

    समारोहका मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गरे । झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ«ेलाई रेखांकित गरिएको छ । मन्त्री गहतराजले खेलकुदको विकासका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने बताए । 

    खेलकुदको गुरुयोजना लगायतका कार्यक्रमअघि बढाइएको उनले बताए । केन्द्रदेखि स्थानीय तहसम्म खेलसम्बद्ध निकायहरू खेलको विकासका लागि लागेको उनले बताए । सङ्घीय संरचनाअनुसार सबै प्रदेशले आफ्नो तयारी सहित पहिलोपटक यस प्रतियोगितामा सहभागी भएको उनले बताए । 

    यस प्रतियोगितासँगै आगामी दिनमा तयार हुने खेलाडीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।
    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताए । गण्डकी प्रदेशमा खेल पर्यटनका पर्याप्त सम्भावना रहेको उनले बताए । 

    खेलका माध्यमबाट अन्तराष्ट्रिय एवं राष्ट्रिय रुपमा एकता कायम गर्न सकिने उनले बताए ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अझै उजागर गर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले स्वागत गर्दै नेपाली खेलकुदको इतिहासमा यसको महत्वपूर्ण स्थान रहने बताए ।

    कूल ३६ वटा खेल र दुई प्रदर्शनी सहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । 

    कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ । प्रतियोगितामा करिब एक हजार ३०० पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

    विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।

    ३६ खेल मध्येका २६ वटा खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भैरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौं राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् । 

    उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिङका सुशिल गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित सपथ ग्रहण भएको थियो । 

    समारोहमा ओलम्पिक टर्च प्रज्वलन गरिएको थियो दीकाबहादुर बोगटीले प्रज्वलन गरेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।