Logo

२०८३, कार्तिक २६गते


images
images

अष्ट्रेलियन नागरिक डा.स्यालीलाई बहादुरे माविद्वारा सम्मान  

अष्ट्रेलियन नागरिक डा.स्यालीलाई बहादुरे माविद्वारा सम्मान  

images
  • अष्ट्रेलियन नागरिक डा.स्यालीलाई बहादुरे माविद्वारा सम्मान  
    images

    राजेश पराजुली, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ स्थित बहादुरे माविले विद्यालयको चन्दादाता अष्ट्रेलियन नागरिक डा. स्याली नोम्सलाई सम्मान गरेको छ । एक कार्यक्रमका बिच वीन विल्डरनेस कम्युनिटी अष्ट्रेलियाका प्रमुख डा. नोम्सलाई विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो । 

    images
    images
    images

    उक्त अवसरमा कुसुदेबु जनस्वास्थ्य केन्द्रका अध्यक्ष आङछिरिङ शेर्पालाई पनि सम्मान गरिएको छ ।डा. नोम्स अध्यक्ष रहेको अष्ट्रेलियन संस्था वीन विल्डरनेस कम्युनिटीले विद्यालयमा आर्थिक सहयोग, बहादुरे विद्यालय क्लिनिक, विभिन्न छात्रवृत्ति लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । 

    images
    images
    images


    संस्थाले विगत केही महिनादेखि सञ्चालन गरेको विद्यालय क्लिनिकमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानियलाई निःशुल्क स्वास्थ्य सम्बन्धी उपचार दिनका लागि एक जना हेल्थ असिस्टेन्ट सहितको सेवा शुरु गरेको छ ।
    संस्थाले कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने अनिता विकलाई छात्रवृत्ति वितरण गर्नुका साथै ताम्रपत्रद्वारा सम्मान गर्नुका साथै गरिव तथा जेहेन्दार १२ जनालाई आवासीयसहितको पठनपाठनमा सहयोग पुर्याउँदै आएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले जानकारी दिए ।

    images
    images

     

    कार्यक्रममा डा. स्याली नोम्सले विद्यालयसँग आफू जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासको क्षेत्रमा आफू र आफ्नो संस्थाले सानो सहयोग मात्रै गरेको भन्दै यसलाई पछिसम्म पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइन्दल गुरुङले डा. नोम्सले आफ्नो विद्यालयमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । 


    अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका गुरुङले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पालिकासँगै अन्य सहयोगी संस्थाहरुसँग सहकार्य गरेर आगामी दिनमा अगाडि बढ्ने बताए । विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद पौडेलले विद्यालयको शैक्षिक विवरण पेश गरेका थिए । 


    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ताइकाजी गुरुङ, अनिल कुमार गुरुङ, शिक्षक अभिभावक समितिका अध्यक्ष मान बहादुर केसी, पूर्व विद्यार्थी सोफिया गुरुङ, पूर्व शिक्षक आशबहादुर गुरुङ लगायतले बोलेका थिए ।


    सोही क्रममा आफ्ना बुबाआमाको स्मृतिमा रुद्र पौडेल, शान्ति पौडेलले ५० हजार रुपैयाँ बराबरको खेमलाल–नन्दकली अक्षयकोष स्थापना गरेको विद्यालयका सहायक प्रधानाध्यापक सिद्धीराज सुवेदीले जानकारी दिए ।
    कार्यक्रममा डा. नोम्ससहितको टोलीलाई पञ्चेबाजा र सांस्कृतिक कार्यक्रमसहित विद्यालयमा स्वागत गरिएको थियो ।कक्षा १२ सम्म अध्यापन हुँदै आएको विद्यालयमा १५० जना विद्यार्थी अध्यनरत छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।