Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय प्रयोगशामा चौबीसै घण्टा पीसीआर परीक्षण, घरमै स्वाव संकलन गरेको २ हजार ५ सय लिईने

राष्ट्रिय प्रयोगशामा चौबीसै घण्टा पीसीआर परीक्षण, घरमै स्वाव संकलन गरेको २ हजार ५ सय लिईने

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रिय प्रयोगशामा चौबीसै घण्टा पीसीआर परीक्षण, घरमै स्वाव संकलन गरेको २ हजार ५ सय लिईने
    images
    images

    काठमाडौं ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । 

    images
    images
    images

    निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई त्यससम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो। 

    images
    images
    images

    राष्ट्रिय प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले अब निजी क्षेत्रका प्रयोगशालाले व्यक्तिको घरमा गई स्वाब सङ्कलन गर्दा लाग्ने दुई हजार रुपियाँमा थप पाँच सय रुपियाँ मात्र लिन पाउने निर्णय गरेको जानकारी दिए । त्यसबाहेक अन्य शुल्क लिएको अवस्थामा त्यस्ता प्रयोगशालालाई कारबाही हुने उनले जानकारी दिए ।

    images
    images
    images


    टेकुस्थित राष्ट्रिय प्रयोगशालाले चौबीसै घण्टा पीसीआर परीक्षण गर्ने भएको छ । स्थानीय तहले स्वाबको नमुना सङ्कलन गरेर पठाएपछि प्रयोगशाला चौबीसै घण्टा सञ्चालन हुने भएको हो । 

    प्रयोगशालाका प्रवक्ता गुप्ताले दैनिक चारदेखि पाँच हजारसम्म नमुना स्थानीय तहबाट आउने गरेको जानकारी दिए । यसअघि बिहान, दिउँसो र बेलुकी तीन चरणमा मात्र पीसीआर परीक्षण हुने गर्दथ्यो । प्रयोगशालामा आउने व्यक्ति दैनिक दुईदेखि तीन सय हुने गरेको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।