Logo

२०८३, कार्तिक २६गते


images
images

भारी वर्षाले काठमाडौं-नारायणगढ सडकखण्ड ठाउँठाउँमा अवरुद्ध

भारी वर्षाले काठमाडौं-नारायणगढ सडकखण्ड ठाउँठाउँमा अवरुद्ध

images
  • भारी वर्षाले काठमाडौं-नारायणगढ सडकखण्ड ठाउँठाउँमा अवरुद्ध
    images

    राजेश पराजुली, पोखरा । लगातारकाे वर्षाले काठमाडौं- मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो ।

    images
    images
    images

    सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    यस्तै नागढुङ्गा नाका भन्दा तल सुरुङ मार्ग स्थित सडकमा आज बिहान ८:३० बजे पहिरो खसेको कारण दुई तर्फी रुपमा सवारी आवागमन अवरुद्ध भएको छ ।

    images
    images

    नुवाकोटको बेलकोटगढी नगरपालिका ७ बुद्धसिंहघाटमा पनि आज बिहान ५:३० बजे सडकमा पहिरो खस्दा गल्छी त्रिशुली सडकखण्ड अवरुद्ध भएको छ ।

    सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक अबरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।