Logo

२०८३, आश्विन ९गते


images
images

पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउने विदेशी पर्यटक बढे

पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउने विदेशी पर्यटक बढे

images
  • पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउने विदेशी पर्यटक बढे
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरुको महत्वपूर्ण चाडपर्व दसै, तिहार, छठलगायत शुरु भएकाले यो समयमा पर्यटकीय गतिविधि स्वभाविक रुपले बढ्छ । 

    images
    images
    images

    पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले यो याममा बढी विदेशी पर्यटक नेपाल घुम्न आउछन् ।मूख्य पर्यटकीय याम शुरु भएकाले विदेशी पर्यटकको आगमनमा वृद्धि भएको र आन्तरिक पर्यटकले गन्तव्य भरिभराउ रहेको पर्यटन व्यवसायी मोहन लम्साल बताउछन् । “विस्तारै पर्यटकको फ्लो बढेको छ । महत्वपूर्ण पर्यटकीय याम चलिरहेकाले आगामी दिन पर्यटनका लागि सुखद् रहने देखिन्छ । 

    images
    images
    images

    अहिलेको पर्यटन क्षेत्रको चहलपहलले व्यवसायीलाई उत्साहित बनाएको छ”, नेपाल पर्वतारोहण सङ्घका महासचिव समेत रहेका व्यवसायी लम्सालले भने । यतिखेर पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपालका विभिन्न गन्तव्यमा निस्केका छन् । आन्तरिक पर्यटक पनि गन्तव्यमा झुम्मिएका छन् । पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको शरद ऋतुमा सगरमाथासहित विभिन्न २१ हिमाल तथा चुली आरोहणका लागि ६९ आरोही समूहका पाँचसय ७९ आरोहीले आरोहण अनुमति लिएका छन् । 

    images
    images
    images

    सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका ४०४ जनाले अनुमति पाएका छन् । उनीहरु यतिखेर आरोहणमा व्यस्त छन् । नेपालसहित ६७ देशका नागरिक पर्वतारोहणमा निस्किएका छन् । आन्तरिक पर्यटकको पनि गन्तव्यमा घुँइचो लाग्छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । 

    महामारीपछि पर्यटक आगमनदर सुध्रिएको छ भने पर्यटकीय गतिविधि पनि बढेको छ । राजधानी काठमाडौं, पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रा गन्तव्यमा उल्लेख्य सङ्ख्यामा पर्यटक गएका छन् ।ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले पछिल्लो सयम विदेशी तथा स्वदेशी पर्यटक बाक्लो सङ्ख्यामा गन्तव्यतिर लागेको बताए । 

    चर्चित अन्नपूर्ण, लाङटाङ् खुम्बु क्षेत्रलगायत क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बाक्लिएको छ । अन्य गन्तव्यमा पनि पर्यटन गतिविधि बढेको छ ।

    नेपालमा यस याममा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउँछन् । सफा मौसम, दसैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्व पर्ने भएकाले विदेशीका साथै गैरआवासीय नेपाली पनि उत्तिकै आउँछन् । 

    विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि यो उपयुक्त समय हो ।नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यो याममा पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकको चहल पहल बाक्लिएको बताए । उनले पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि नयाँ तौर तरिकाबाट योजनाबद्ध कार्यक्रम ल्याइने बताए । 

    भारत, बङ्गलादेशलगायत मुलुकबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षित गर्न सोही किसिमको बजार रणनीतिका साथ बोर्ड लागिपरेको निर्देशक लामिछानेको भनाइ छ ।

    होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकीय याम शुरु भएसँगै विदेशी पर्यटक आगमनदर वृद्धि भएको बताए । पर्यटनका लागि उपयुक्त मौसम भएकाले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटक आउने उनले विश्वास व्यक्त गरे । “विदेशी पर्यटकको होटल बुकिङ्ग सकारात्मक छ । 

    अहिले ४० प्रतिशत हाराहारीको बुकिङ्ग छ”, शाहले भने ।नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटन क्षेत्र विस्तारै जुर्मुराउँदो अवस्थामा रहेको उल्लेख गर्दै यसलाई फलदायी बनाउन रणनीतिक बजारीकरण जरुरी भएको बताए । 

    उनले पर्यटन पुनरुत्थानको कार्यलाई चाडो अघि बढाई पूर्वाधार विकास र सेवा स्तरोन्नतिमा ध्यान दिनुपर्नेमा जोड दिए ।पाटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले नेपालमा पर्यटनसँग सम्बन्धित अन्तरराष्ट्रिय स्तरका सभा सम्मेलन र ‘इभेन्ट’ चलिरहेकाले पर्यटन क्षेत्रमा सकारात्मक सङ्केत देखिएको बताए । 

    पर्यटन पुनरुत्थानका लागि सरकारले हालै नेपाल भ्रमण दशक (सन् २०२३ देखि ३२) घोषणा गरेको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा भ्रमण दशकको कार्ययोजना चाँडै सार्वजनिक गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनले पर्यटनका अन्य क्षेत्रको सम्भावना पहिचान र प्रवद्र्धनका साथै पूर्वाधार विस्तार गरिने बताए ।

    कोभिड–१९ पछिको पर्यटनलाई नयाँपन दिएर चलायमान बोर्डले अन्तरराष्ट्रिय बजारीकरण नयाँ ढ्गले अघि बढाउने नीति लिएको बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बताए । उनले पर्यटन क्षेत्रको नयाँ ढङ्गले बजारीकरण र प्रवद्र्धन गर्न नीतिगत सुधारका साथै सेवामा विविधिकरण र सुदृढिकरण गरिनुपर्नेमा जोड दिए ।पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका थिए ।कोभिड–१९ पूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२÷१२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए । 

    पछिल्लो सन् २०२२ को आठमहिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विदेशी पर्यटक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।