काठमाडौं । सर्वोच्च अदालतले मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गरी घण्टौं राख्नुको सट्टा निःशुल्क मास्क दिएर पठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क नलगाउने नागरिकलाई प्रहरीले जरिवाना गर्ने र बाटोमा रोकेर नराख्न मंगलबार आदेश जारी गरेको हो ।
‘कोभिड जस्तो महामारीको समयमा मास्क लगाउनुपर्ने नागरिकको कर्तव्यसमेत रहेको देखिन्छ । तर विपन्न नागरिकका लागि मास्कको सहज आपर्ति तथा निःशुल्क मास्क वितरण गरेको नदेखिएको’ सर्वोच्चले उल्लेख गरेको छ।
मास्क नलगाउने नागरिकबाट राज्यले जरिवाना लिने गरेको र बाटोमा रोकेर राख्ने काम संविधान र कानुन विपरित रहेको समेत सर्बोच्चले फैसलामा उल्लेख गरेको छ ।
अधिवक्ता सागर पौड्यालसमेतले सरकारलाई विपक्षी बनाइ निःशुल्क स्वास्थ्य सेवाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology