Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा नियन्त्रणमा सामाजिक दायित्व

महामारीमा देवदह : के गर्दैछन् स्थानीय सामाजिक संस्थाहरू ?

महामारीमा देवदह : के गर्दैछन् स्थानीय सामाजिक संस्थाहरू ?

images
  • महामारीमा देवदह : के गर्दैछन् स्थानीय सामाजिक संस्थाहरू ?
    images
    images

    देवदह । देवदहमा महामारी बढ्दै जाँदा यहाँ कृयाशिल सामाजिक संघसंस्थाहरुमध्य अधिंकाश निष्कृय छन् । आफुलाई पर्दा देवदह नगरपालिका र प्रादेशिक सरकारबाट समेत आवश्यक बजेट लिने र आफ्ना क्रियाकलापहरु सम्पन्न गर्ने कतिपय क्लब लगायतका सामाजिक संस्थाहरु आज जनता बचाँउन स्थानीय सरकारको अभिन्न अंग भएर जनसेवामा खट्नुपर्ने बेलामा निष्क्रिय भएका हुन् ।

    images
    images
    images

    यद्यपि सबै संस्थाहरु एकै छैनन् । उज्यालो लालटिन प्रतिष्ठान र दिर्घायू नेपालले आफ्नो एम्बुलेन्स महामारी अवधीभर नि:शुल्क नगरपालिका हस्तान्तरण गरेका छन । सेतोमसीसंग कुरा गर्दै उज्यालो लालटिनका अध्यक्ष सागर कडेंलले एम्बुलेन्स प्रदान गरिएको बताए । 

    images
    images
    images

    त्यसैगरि, दिर्घायू नेपालले पनि एम्बुलेन्स देवदह नगरपालिकाकालाई प्रदान गरेको छ । हामीसंग कुरा गर्दै दिर्घायू नेपालका डा. लक्ष्मीकान्त पाण्डेले एम्बुलेन्स प्रदानसंगै संक्रमित बिरामीलाई गाइड थेरापी गरिएको बताए । जसमा के खाने, के नखाने ? संक्रमित हुँदा के गर्ने, के नगर्ने आदि पर्ने उनले बताए । जो-कोहीले पनि दिर्घायू नेपालमा फोन गरेर उक्त सुबिधा लिन सक्ने संस्थाले बताएको छ ।

    images
    images
    images

    सेतोमसीकर्मीले महामारीमा तपाईंको संस्थाको दायित्व के ? अनि कसरी काम गर्दै हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा लायन्स क्लब अफ देवदहका अध्यक्ष (निर्वाचित तर पद हस्तान्तरण बाँकी) बिनोद थापा, लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष शंकर पंगेनी, देवदह ब्याडमिन्टन क्लबका अध्यक्ष एल. वि. थापा, रोट्र्याक क्लब तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरुङ लगायतले अहिलेसम्म खासै केही योजना नभएको र यसबारे टिममा छलफल गर्ने बताए । साथै नगरपालिकाले खटाएको खण्डमा जतिबेला पनि स्वयंसेवी भुमिकामा खटिन तयार रहेको समेत क्लबका अध्यक्षहरुले बताएका छन् । 

    तपाईंहरूले गर्ने कार्यक्रमहरूमा आवश्यक पर्दा नगरपालिकाले सहयोग गर्दै आएको छ । तर, यतिबेला देवदह नगरपालिकाको विपद् व्यवस्थापन कोषमा बजेट अभाव छ । यस्तो बेला तपाईंहरूले उक्त कोषकालागि आर्थिक सहयोग गर्न सम्भव छ कि छैन भन्ने  सेतोमसीकर्मीको प्रश्नमा उल्लेखित क्लबका अध्यक्षहरुले आफुहरुले त्यसबारे टिममा छलफल गर्ने बताए । यद्यपि सबै क्लबहरुले सरकारी निकायको आर्थिक सहयोगमा हिजोका दिनमा सामाजिक कृयाकलाप गर्दै आएका भने होइनन् । कतिपय क्लब आफैंमा आत्मनिर्भर समेत छन ।

    जे भएपनि, महामारी सधैं आउदैन र सरकारी संयन्त्रले मात्रै पनि महामारीलाई चिर्न सजिलो छैन । यो अवस्थामा सम्पुर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संघसंस्थाहरू एक भएर महामारीको नियन्त्रणमा लाग्नैपर्ने देखिन्छ । 

    आफुलाई चाहिंदा जनप्रतिनिधि र सरकारी संयन्त्रबाट उल्लेख्य लाभ लिने संघ-संस्थाहरुले राज्यसंयन्त्रलाई आवश्यक पर्दा कानमा तेल हालेर सुत्न पटक्कै सुहाउँदैन र त्यो गर्नै हुँदैन । यो अवस्थामा सबैले आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्दै मानव जीवन बचाँउने कार्यमा जुट्न जरुरी छ ।

    केही समय अघि मात्र हामिले महामारीमा देवदहका राजनीतिक दल र नागरिक समाजले के गर्दैछन् भन्नेबारे सेतोमसीमा एक रिपोर्ट  प्रकाशित गरेका थियौं । महामारी नियन्त्रणका लागि समाजका सबै अवयबहरु चलाएमान गराउँने हाम्रो प्रयास जारी छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।