Logo

२०८३, आश्विन ९गते


images
images

सरकारी विद्यालयका शिक्षकले बच्चा बोर्डिङ्ग पढाउँदा पेशागत दक्षतामा प्रश्न उठ्छ : मेयर खरेल

सरकारी विद्यालयका शिक्षकले बच्चा बोर्डिङ्ग पढाउँदा पेशागत दक्षतामा प्रश्न उठ्छ : मेयर खरेल

images
  • सरकारी विद्यालयका शिक्षकले बच्चा बोर्डिङ्ग पढाउँदा पेशागत दक्षतामा प्रश्न उठ्छ : मेयर खरेल
    images
    images

    देवदह । देवदह नगरपालिकाका नगरप्रमुख धुर्बप्रसाद खरेलले सरकारी (सामुदायिक) विद्यालयका शिक्षकले आफ्ना बच्चालाई बोर्डिङ्ग पढाउँदा पेशागत दक्षतामा प्रश्न उठ्ने बताएका छन् । बुधबार नेपाल शिक्षक महासंघ देवदहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख खरेलले सामुदायिक विद्यालयका शिक्षकहरू आफ्नै पेशागत दक्षतामा विश्वस्त रहेको देखाउन पनि बच्चाहरूलाई सामुदायिक विद्यालय मै पढाउन आग्रह गरेका हुन् । 20210328155141_IMG_8522.JPG

    images
    images
    images

     शिक्षा क्षेत्रको समग्र सुधारका लागि शैक्षिक, बौद्धिक व्यक्तित्व एवं शिक्षकहरुको महत्वपुर्ण भूमिका हुने बताउँदै खरेलले नगरपालिकाले आगामी दिनमा विद्यालयको नतिजाका आधारमा समग्र मुल्यांकन गरि योजना तर्जुमा गर्ने बताए । नगरपालिका शिक्षा क्षेत्रको सुधारमा योजनागत रुपमा अगाडि बढ्ने उनको भनाइ छ ।

    images
    images
    images


    त्यसैगरी प्रमुख खरेलले देवदहमा कक्षा ११ र १२ बिहानी सत्रमा चलाएर शिक्षकले दोहोरो तलब खाने गरेको प्रसङ्ग उल्लेख गर्दै आगामी शैक्षिक बर्षबाट उक्त कक्षा दिउँसोमै चलाउनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    आफुले नगरका विद्यालयहरुको दरबन्दी तथा शिक्षक अनुपात अध्ययन गरेर निकट भविष्यमै त्यसको नियमन गर्ने बताउँदै खरेलले स्थानीय पाठ्यक्रमका सन्दर्भमा कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक लागू भइसकेको र कक्षा ४ देखि ८ सम्मको पाठ्यपुस्तक तयारीको क्रममा रहेको जानकारी दिए । 

    संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरु समयसमयमा अदलाबदली गरेर अनुभव तथा सिकाई आर्जन गर्ने गरि योजना ल्याउने समेत बताउँदै उनले चालू शैक्षिक सत्रको नतिजाका आधारमा शिक्षकहरुलाई विभिन्न विद्यालयमा हेरफेर गर्ने बताए । 

    कार्यक्रममा बोल्दै देवदहका नगर शिक्षा अधिकारी उपसचिव टिकाराम शर्माले बिगतका दिनको तुलनामा शिक्षक पेशा धेरै व्यवस्थित बनेको उल्लेख गर्दै शिक्षकहरुले निजामती भन्दा पनि धेरै अधिकार माग गर्नुपर्ने बताए । शिक्षकका पेशागत हक हितका सन्दर्भमा गरिने आन्दोलनहरुमा अगुवाहरुले खुट्टा कमाउने गरेकाले समस्या समाधान नभएकोमा जोड दिँदै उनले शिक्षण पेशा सबैभन्दा सम्मानित पेशाको रुपमा विकसित हुनुपर्ने धारणा व्यक्त गरे ।

    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय पार्सद तथा पुर्व जिल्ला अध्यक्ष ऋषिश्वर अर्याल, नेपाल शिक्षक महासंघ रुपन्देहीका सचीव लिलाधर न्यौपाने, पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय उपाध्यक्ष दुर्गादत्त शर्मा, अखिल नेपाल शिक्षक संगठनक  केन्द्रिय सदस्य भिमदेव ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका सचीव यज्ञ सापकोटा, नेपाल शिक्षक संघ रुपन्देही जिल्ला सह सचिव यमलाल भट्टराई, अखिल नेपाल शिक्षक संगठनका रुपन्देही जिल्ला सचिव रोमनाथ न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका देवदह नगर अध्यक्ष यज्ञ प्रसाद न्यौपाने, नेपाल शिक्षक संघ देवदहका कार्यवाहक अध्यक्ष मनकला पाण्डेय, एकीकृत नेपाल शिक्षक संगठनका देवदह नगर अध्यक्ष चुरा बहादुर कार्की, नेपाल शिक्षक महासंघ देवदहका पुर्व अध्यक्ष शेषनारायण रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महासंघका अध्यक्ष निर्मल ढुङ्गानाले शिक्षकहरुसँग समग्र बालबालिकाको भविष्य जोडिने हुँदा पेशागत तथा विकासका सन्दर्भमा समग्र शिक्षकहरुको ऎक्यवद्धता अत्यावश्यक रहेको बताएका थिए । आगामी दिनमा महासंघले शैक्षिक सुधारका पक्षमा विभिन्न कार्यक्रम अगाडि बढाउने उनको भनाइ छ ।


    कार्यक्रम नेपाल शिक्षक महासंघ देवदहका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षता, देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता, सह उपाध्यक्ष लेखनाथ थापाको स्वागत र सचीव होमनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।