Logo

२०८३, कार्तिक २६गते


images
images

महिलाहरूको नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिमको समापन

महिलाहरूको नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिमको समापन

images
  • सेतोमसी सहकर्मी
  • महिलाहरूको नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिमको समापन
    images

    धुर्ब लामिछाने, देवदह । देवदहमा संचालित महिलाहरूको नेतृत्व तथा क्षमता विकास तालिमको बिहीबार समापन भएको छ। देवदह नगरपालिका वडा नं. ५ को आयोजना तथा कामना सेवा विकास बैंक खैरेनी शाखाको सह आयोजनामा संचालित ३ दिने तालिमको एक कार्यक्रमविच समापन गरिएको हो ।

    images
    images
    images

    received_617608143161598.jpegसमापन कार्यक्रममा बोल्दै देवदह नगरप्रमुख ध्रुब प्रसाद खरेलले तालिमले महिलाहरूको क्षमता विकासमा टेवा पुग्ने साथै महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका पक्षमा यस्ता खालका कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए । 
     
    त्यसैगरी नगर उप प्रमुख विद्यालक्ष्मी गुरुङले महिलाहरुले आफूलाई कुनै कुरामा कमजोर ठान्न नहुने बताउँदै यस्ता कार्यक्रमले भोलिका दिनमा महिलाहरुलाई हरेक क्षेत्रमा अगाडी बढ्न मदत पुग्ने समेत बताइन्। साथै सिकेका सीपलाई व्यवहारमा लागू गर्नुपर्ने बताउँदै तालिममा सहभागीलाई अगाडि बढ्नका लागि हरेक क्षेत्रमा आफूले साथ दिने अठोट समेत गरिन्।

    images
    images
    images

    तालिममा सहभागी सावित्री गिरी, सुमित्रा अर्याल, ज्ञानसरा सारुले आफूले तालिममा सिकेको अनुभव सुनाउँदै माइक्रो फोन लिँदा काम्ने हात अहिले ढुक्कले हातमा माइक्रो फोन लिएर बोल्न सक्ने भएको बताए। तालिमले तीन दिनमै धेरै कुराहरु सिकाएकोमा उनीहरूले आयोजकलाई धन्यवाद दिए ।

    images
    images

    तालिमका प्रशिक्षार्थीहरुलाई मिडियाकर्मी तथा रेडियो देवदहका पुर्व स्टेसन म्यानेजर रमेश पोखरेलले प्रशिक्षण दिएका थिएका थिए । 

    तालिममा देवदह वडा नं ५ का आमा समूह, टोल विकास संस्थाका महिला पदाधिकारीहरु तथा अगुवा महिलाहरूको  
    सहभागिता रहेको थियो भने, तालिममा ७१ जना महिला दिदी बहिनीहरूले प्रशिक्षण लिएका थिए।

    कार्यक्रममा वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, कामना सेवा विकास बैंक खैरेनी शाखाका शाखा प्रमुख  शिताराम श्रेष्ठ, महिला नेतृ अञ्जु श्रेष्ठ, कामना सेवा विकास बैंकका मिलन खरेलको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।