Logo

२०८३, आश्विन ९गते


images
images

शारीरिक सुगठन प्रदेश खेलाडी छनौटमा रुपन्देही टिम च्याम्पियन

शारीरिक सुगठन प्रदेश खेलाडी छनौटमा रुपन्देही टिम च्याम्पियन

images
  • शारीरिक सुगठन प्रदेश खेलाडी छनौटमा रुपन्देही टिम च्याम्पियन
    images
    images

    बुटवल । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लुम्बिनी प्रदेश खेलकुद परिषदले  शारीरिक सुगठन खेलका खेलाडी छनोट सम्पन्न गरेको छ। पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट प्रतियोगिता भाद्र ३ गते बुटवलमा सम्पन्न गरिएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए । 

    images
    images
    images

    श्रेष्ठले छनौट प्रतियोगितामा ६ स्वर्ण १ रजत  गरी सात पदक प्राप्त गर्दै रुपन्देही जिल्लाले टिम च्याम्पिनको शिल्ड समेत प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गरे । 

    images
    images
    images

    सोमबार नबिन औधोगिकमा बिको सभाहलमा रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन क्षेत्रीको  संयाेजकत्व तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराइको प्रमुख आतिथ्यमा छनाैट कार्यक्रम सम्पन्न भएको थियो। राष्ट्रिय निर्णायकहरु क्रमशः शिबध्वज राई, केशव बहादुर शाक्य, राज कुमार श्रेष्ठ र सुरज श्रेष्ठले छनाैट कार्यक्रमकाे सहजीकरण गरेका थिए। 

    images
    images
    images

    उक्त छनाैट कार्यक्रममा पुरुष शारीरिक संगठन खेल तर्फ ५५ केजी बजन समुहमा भानुभक्त कठरिया रुपन्देही प्रथम, रन बहादुर सारु पाल्पा दोश्रो तथा शिवराज बिष्ट गुल्मी तेश्रो भएका थिए । 

    ६० केजीमा रुपन्देहीका सुनिल आले प्रथम नवलपरासीका लेख बहादुर गुरुङ्ग र पाल्पा अनुराग बिक क्रमश दोश्रो र तेस्रो भएका थिए । 

    पुरुष शारीरिरक सुगठनको ६५ केजीमा नवलपरासीका नवराज डुम्रे पहिलो, गुल्मीका दिलिप ढेङ्गा र दाङ्गका माधव सुवेदी दोश्रो र तेस्रो हुन सफल भएका थिए । 

    ७० केजी तौल समुहमा क्रमश रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ प्रथम, दाङ्गका भुवन बिक दोश्रो र पाल्पाका प्रतिप बराल मगर तेस्रो स्थान हात पर्न सफल भए । 

    ७५ केजीमा रुपन्देहीका आकाश राना प्रथम भए भने ८० केजी तौल समुहमा दाङ्गका मधु बिक्रम थापा प्रथम स्थान हात पारे । 

    ८० केजी भन्दा माथिको समुहमा रुपन्देहीका बिष्णु निषाद प्रथम हुदै राष्ट्रिय खेलमा सहभागी हुने यात्रा तय गरे ।

    यता पुरुष फिजिक्स १७० सेमी भन्दा मुनि तर्फ रुपन्देही एनोस थापा छनौट  हुन सफल भए । राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम पटक समावेश महिला शारीरिक सुगठन खेलमा नवलपरासीकी जिल्लाकी रबिना कुवर प्रथम हुदां रुपन्देहीकी पुजा केशीले दोसो स्थानमा चित्त बुझाइन् । 

    महिला मोडल  फिजिक्स बिधामा दाङ्गकी उर्मिला बस्नेत प्रथम स्थान लिन सफल भइन् ।

    पुरस्कृत खेलाडीहरुलाइ प्रमुख अतिथी, निर्णायक शारीरिक सुगठन खेलका अन्तराष्ट्रिय खेलाडी जिवन गिरी  रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ नबिन औधोगिक मा.बि.का  प्रधानाध्यापक प्रेम सिंह बस्नेत तथा बाके जिल्ला शारीरिक सुगठनका काेषाध्यक्ष सन्तोष शाक्य लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शारीरिक सुगठन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।