Logo

२०८३, आश्विन ९गते


images
images

‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल  

‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल  

images
  • ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल  
    images
    images

    राजेश पराजुली,बागलुङ । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निमार्ण गर्नेगरी गुरुयोजना तयार गरिने भएको छ । 

    images
    images
    images

    धौलागिरि क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल शुरु भएको हो । धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे चर्चा हुन थालेको अभियान्ता कृष्ण केसीले बताए । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति, बागलुङ समाज पोखरा र गैसस महासङ्घ नेपाल बागलुङले संयुक्त रुपमा गुरुयोजना तयारीका लागि छलफल थालेका छन् । 

    images
    images
    images

    ‘धौनीढोका’ का अभियन्ता  केसीले साविकको धौलागिरि अञ्चलको समग्र विकासका लागि ‘धौनीढोका’ महत्वपूर्ण वातावरणमैत्री पर्यटकीय चक्रपथ बन्ने बताए । उनकै पहलमा स्थानीय सरकार र व्यवसायीले यसको गुरुयोजना बनाउन तयार भएका हुन् । हाल निमार्ण हुँदै गरेको मध्यपहाडी लोकमार्ग  र कालीगण्डकी करिडोरलाई जोडेर धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ निर्माणमा सरोकारवालाको जोड छ । 

    images
    images
    images

    गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि राष्ट्रिय रुपमै कार्यक्रमको खाँचो रहेको बताए । उनले ढोरपाटन क्षेत्रमा बन्न लागेको हाइड्रोपावर योजना नेपालकै सबैभन्दा सस्तो प्रोजेक्ट रहेको र उक्त प्रोजेक्ट पूरा भए कृत्रिम ताल बन्ने र पर्यटनको विकास हुनेमा आफू आशावादी रहेको बताए । 

    “धौलागिरि क्षेत्रको विकासका लागि प्रदेश होइन, सङ्घ सरकारको योजना पर्नुपर्छ अनि मात्र पर्यटन विकास सम्भव छ”, उनले भने ।
    मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बढ्दो डोजरे विकासका कारण अहिले मुस्ताङमा पर्यटक घटेको बताए । धौलागिरि पर्यटन चक्रपथका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न गाउँपालिका तयार रहेको उनको भनाइ छ ।

    बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गण्डकी प्रदेशमा पोखरा पर्यटन क्षेत्रले धेरैअघि जाँदा धौलागिरि क्षेत्र भने निकैपछि पुगेको गुनासो गरे । उनले पोखरामा पर्यटन व्यवसाय गर्नेले अन्नपूर्ण मात्रै देखाएको तर धौलागिरि हिमाललाई नदेखाउँदा पर्यटकको आकषर्ण नभएको बताए।

    उनले पर्यटन चक्रपथ समग्र धौलागिरिको पर्यटनका साथै स्थानीयको आय आर्जनसँग जोडिएको विषय भएकाले यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएको सुनाए ।

    पर्यटन व्यवसायी गणेश भट्टराइले ढोरपाटन क्षेत्रमा युरोपबाट बढी पर्यटक आउने जानकारी दिदैँ उनीहरुको बसाइ लम्ब्याउनका लागि स्थानीय व्यवसायीले नै पहिलो कदम चाल्न आश्वयक रहेको सुनाए ।बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले ‘धौनीढोका’ गुरुयोजनाअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारका काम बन्दा छोटो समयमा नै धौलागिरि क्षेत्र चर्चाको शिखरमा पुग्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धौलागिरि क्षेत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।