Logo

२०८३, कार्तिक २६गते


images
images

रेडियो बाराहीका पत्रकार पौडेल सम्मानित

रेडियो बाराहीका पत्रकार पौडेल सम्मानित

images
  • रेडियो बाराहीका पत्रकार पौडेल सम्मानित
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित बाघमारा बहुउद्देश्यीय सहकारी संस्थाले पत्रकार पौडेललाई नगद पुरस्करसहित सम्मान गरेको हो । 

    images
    images
    images

    पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले उनलाई नगदसहित सम्मान गरेका हुन् । दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार पौडेललाई पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

    images
    images
    images


    इमेज च्यानलका गण्डकी ब्युरो पत्रकार पौडेल रेडियो बाराहीका समाचार प्रमुख हुन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य उनी फोटो पत्रकार संघ कास्की अध्यक्ष तथा नेपाल प्रेस युनियन कास्की सचिव हुन् ।
    उनले यसअघि सहारा खेलकुद पत्रकारिता पुरस्कार, युरआरएल पत्रकारिता पुरस्कार लगायत दर्जन बढी संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।

    images
    images


    कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले महानगरको ग्रामीण क्षेत्र लक्षित गरी सहकारीका सिद्धान्तअनुरुप बाघमारा सहकारी संचालनमा भएको बताए । उनले सहरमा केन्द्रित सहकारीले पैसा उठाउने र कमाउने काममात्रै गरेको टिप्पणी गरे । 
    सहकारी बर्षेनी संचारकर्मी सम्मान दिंदै आएको संस्थापक अध्यक्ष डिल्लीराम बरालले बताए ।सहकारी अध्यक्ष तुलसीमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष डिल्लीराम बराल, सल्लाहकार नन्दलाल काफ्ले, जिल्ला सहकारी संघका सदस्य चन्द्रा पराजुली, पोखरा–३३ का वडासदस्य प्रकाशबहादुर कार्की, भरतपोखरी सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, साना किसान सहकारीका अध्यक्ष रामजीप्रसाद अधिकारी, शान्तिउदय स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य लगायतले बोलेका थिए ।


    सहकारीको सात सिद्धान्त वाचन उपाध्यक्ष रमा अधिकारी, स्वागत शिक्षा समिति संयोजक अर्जुन अधिकारी र संचालन सचिव टुकराज भण्डारीले गरेका थिए । 
    २०७० वैशाख २० मा स्थापना भएको सहकारीको पुँजी चार करोड १५ लाख छ । सहकारी पोखराको बिरौटामा सेवा केन्द्र बिस्तार गरेको छ । सहकारीमा ११४० सदस्य छन् । सभामा सहकारीमा योगदान पुर्याउने संघसंस्था, जनप्रतिनिधि, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु, बचतकर्ता, कारोबारकर्ता, ज्येष्ठ शेयर सदस्य, शेयर सदस्यका एसइई र प्लस टुमा उत्कृष्ट हुने छोराछोरीलाई पनि सम्मान गरिएको थियो । संस्था अध्यक्ष तुलसीमणि अधिकारी, कोषाध्यक्ष बेलबहादुर कार्की र लेखा समिति संयोजक श्रीधर गिरिको प्रतिवेदन प्रस्तुत पारि गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।