बुटवल । काठमाण्डौमा जारी लन टेनिस प्रतियोगितामा बुटवलका निश्चल ज्ञवालीले दुई वटा स्वर्ण पदक जितेका छन । टिम टेनिस नेपाल, धापाखेल ललितपुरको आयोजनामा टिम टेनिस नेपाल जुनियर खुल्ला प्रतियोगिता २०७९ को यु–९ र यु–१० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण हात पारेकाे निश्चल ज्ञवालीका बाबु गाेपाल ज्ञवालीले जानकारी दिए ।
आईतबार भएको पहिलो खेलमा यु–९ उमेर समुहमा ज्ञवालीले विश्वविशेष डल्लाकोटीलाई ५–३, २–४ र १३–११ को सेटमा पराजित गर्दै उपाधि चुमे ।
यसैगरि यु–१० उमेर समुहमा पनि ज्ञवालीले दर्लाकोटीलाई १–६, ६–३, १०–५ को सेटमा पराजित गर्दै उनले दोस्रो स्वर्ण चुमेका हुन । ज्ञवाली न्यु होराईजनमा कक्षा ५ मा पढछन ।
भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म संचालन भएको प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ उमेर समुह र खुल्ला ईभेन्ट गरि देशभरबाट एक सय बढी खेलाडीहरु सहभागी छन ।
बुटवल लन टेनिस कोर्टमा हाल विभिन्न उमेर समुहका दुई दर्जन बालबालिकाहरु लन टेनिस प्रशिक्षण लिईरहेका छन ।
सानै उमेर देखि लन टेनिस खेल्दै आएका निश्चल ज्ञवालीले यसअघि पनि धेरै प्रतियोगिता जितेका छन र भविष्यका आशालाग्दा खेलाडी हुन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology