Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

देवदहको वडा नं. ७ शिल गरियो, घरबाहिर ननिस्कन वडा कार्यालयको अनुरोध

देवदहको वडा नं. ७ शिल गरियो, घरबाहिर ननिस्कन वडा कार्यालयको अनुरोध

images
  • देवदहको वडा नं. ७ शिल गरियो, घरबाहिर ननिस्कन वडा कार्यालयको अनुरोध
    images
    images

    देवदह । देवदह नगरपालिकामा संक्रमितको संख्यामा दिनानुदिन वृद्धि हुन थालेपछि नगरपालिकाभित्र कोरोनाको हटस्पट बनेको वडा नं. ७ मा पुर्ण निषेधाज्ञा गर्ने निर्णय नगरपालिकाले गरेको छ । देवदह नगरपालिकाले  सोमबार (आज) बाट पाँच दिनको लागि पुर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

    images
    images
    images

    देवदहको मुख्य बजार क्षेत्र खैरेनी र शितलनगर समेत पर्ने वडा नं. ७ मा हालसम्म १४७ बढी संक्रमित रहेको बताउँदै वडा अध्यक्ष पदम थापाले वडावासीलाई थप सचेत हुन र एक घरबाट अर्को घर नडुल्न अनुरोध गरे । सेतोमसीसंग कुरा गर्दै अध्यक्ष थापाले विवाह लगायतका सामाजिक एवं धार्मिक कार्यहरु समेत तत्काललाई रोक्नै पर्ने अवस्था आएको बताए ।

    images
    images
    images

    हालसम्म देवदह - ७ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको र आइतबार मात्रै एकैदिन ३ जनाको मृत्यु भएको वडा कार्यालयले जनाएको छ ।

    images
    images
    images

    पुर्ण निषेधाज्ञाकै क्रममा पनि देवदह -७ को बाटो हुँदै लामो दुरिमा जाने ढुवानी र अत्यावश्यक काममा हिड्ने सवारीहरु र विरामी बोकेका गाडिलाई भने कुनै अवरोध नगरिने वडा कार्यालयले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।