Logo

२०८३, आश्विन ९गते


images
images

ब्याजदर बढ्ने संकेतपछि उच्च अंकले घट्यो शेयर 

ब्याजदर बढ्ने संकेतपछि उच्च अंकले घट्यो शेयर 

images
  • ब्याजदर बढ्ने संकेतपछि उच्च अंकले घट्यो शेयर 
    images
    images

    राजेश पराजुली, काठमाडौं ।  साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा सबै उपसमूह राताम्मे भएका छन् ।

    images
    images
    images

    ५७ अंकले घट्दा शेयर बजार १९२४.४८ अंकमा रोकिएको छ । बिक्रीकर्ता मात्रै बढ्दा बिहीबार कारोबार रकम भने यसअघिका तुलनामा निकै बढेको छ । बिहीबार २ अर्ब १२ करोड बढीको कारोबार भएको छ ।

    images
    images
    images

    उच्च अंकले घटेको बजारमा सबैभन्दा बढी निर्जिवन बीमा क्षेत्रका लगानीकर्ताले नाफा गुमाएका छन् । निर्जिवन बिमा क्षेत्रमा १९६.६८ अंकको गिरावट आएको छ । त्यसैगरि जीवन बिमा, विकास बैंक र उत्पादन क्षेत्रमा सबैभन्दा उच्च गिरावट छ । बिहीबार कारोबार आएका ९ कम्पनी भने नाफा कमाउन सफल भएका छन् ।
     
    निश्चित कम्पनी बाहेक सबैजसोको मूल्यमा उच्च अंकको गिरावट छ । बिहीबार मात्रै बसेको बैंकर्स संघको बैठकले असोज महिनाको ब्याजदर बैंकहरु आफैंले तोक्न सक्ने निर्णय गरेको थियो । 

    images
    images
    images

    संघको निर्णय पछि बैंकहरुले ब्याजदर बढाउने अनुमानमा सेयर बजारमा प्रभाव देखिएको लगानीकर्ताको बुझाई छ ।
    बैंकको ब्याजदर र शेयर बजारमा उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा शेयरबजार घट्छ भने ब्याजदर घट्दा शेयरबजार बढ्छ । बैंकहरुले विगत डेढ वर्षदेखि ब्याजदर नघटाएको कारण शेयरले गति लिन सकेको छैन ।

    हाल ११.१३ प्रतिशतसम्म रहेको ब्याजदरमा पछिल्लो निर्णयसँगै बैंकहरुले केही तलमाथि गर्न पाउनेछन् । अब ब्याजदर १२.१३ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्याजदर बढ्ने संकेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।