Logo

२०८३, श्रावण २७गते


images
images

माओबादी केन्द्र देवदहको विस्तारित बैठक सम्पन्न, काफ्लेले पाए नगर संयोजकको जिम्मेवारी

माओबादी केन्द्र देवदहको विस्तारित बैठक सम्पन्न, काफ्लेले पाए नगर संयोजकको जिम्मेवारी

images
  • माओबादी केन्द्र देवदहको विस्तारित बैठक सम्पन्न, काफ्लेले पाए नगर संयोजकको जिम्मेवारी
    images
    images

    राहुल सापकोटा, २१ चैत, देवदह । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, देवदहको विस्तारित बैठक सम्पन्न भएको छ । 

    images
    images
    images

    बैठकलाई सम्बोधन गर्दै बैठकका प्रमुख अतिथी समेत रहेका माओवादी केन्द्रका क्षेत्रीय सचिव गोबिन्द पंगेनीले नयाँ उर्जा सहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    20210403_130551.jpgबिस्तरित बैठकले माओवादीका युवा नेता केदारनाथ काफ्ले 'राजु' लाई नगर संयोजकको जिम्मेवारी सुम्पेको छ । सहिद परिवार सदस्य समेत रहेका काफ्लेलाई माओवादी केन्द्र देवदहको संयोजकको जिम्मेवारी दिइएको बैठकका अध्यक्ष समेत रहेका पुर्व नगर इन्चार्ज मोतिलाल ढकाल 'कृष्ण' ले बताए ।

    images
    images
    images

    देवदहको शितलनगर स्थित मगर संघको हलमा भएको बैठकमा माओवादी नेताहरु हेमन्त पाण्डे, चोडाप्रसाद चापागाईं, लिलाधर मरासिनी, निर्मला जीसी, टंक तिवारी, भरत तिवारी, मुरारी पाण्डे, बिष्णु गुरुङ, टीका परियार, किशोर काफ्ले, दिपक न्यौपाने, गणेश खाती, तेजलाल डुम्रे लगायतको सहभागीता रहेको थियो ।

    मोतिलाल ढकाल 'कृष्ण' को अध्यक्षतामा सम्पन्न बैठकमा सुन्दरी गिरिको स्वागत मन्तव्य तथा केशव पुनको संचालन रहेको थियो । त्यसैगरि गणेश कुमार खातीले उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।