Logo

२०८३, आश्विन ११गते


images
images

आज भदौ २७ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज भदौ २७ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज भदौ २७ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७९ भदौ २७ गते सोमवार । तदनुसार १२ सेप्टेम्बर २०२२ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । घुमफिर तथा मनोरञ्जनकाे समय छ । पहिलेको सफलताले हौसला जगाउनेछ भने काममा साथ दिनेहरू फेला पर्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ ।
     
    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) 
    विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ । नयाँ योजनाका साथ नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । हिम्मतले जटिल कामसमेत सम्पादन गर्न सकिनेछ । मेहनतले दैनिकीमा परिवर्तन आउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । 
     
    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा) 
    अवसरका लागि दौडधुप गर्नुपर्नेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ । आफन्तबाट टाढा रहनुपर्ला । आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ । सानो कामलाई अधिक खर्च हुनेछ । अर्थ अभाव टार्न कर्जा लिनुपर्ला । 
     
    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ । तापनि परिश्रमको फल प्राप्त हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । दिगो काममा लगानी गर्ने मौका छ । तर उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । पहिलेकाे नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । 
     
    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ । कर्तव्यपरायण रहनुहोला । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउनेछ ।

    images
    images
    images

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) 
     स्वास्थ्य-चिन्ताले अध्ययनमा बाधा हुनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ । तर, नयाँ काम थाल्न उचित समय पर्खनुहाेला । आफ्नाे लाभांशमा अरूले दाबी गर्न सक्छन् । अवसर प्राप्त भए पनि केही चुनाैती सामना गर्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन् ।
     
    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    व्याहारिक अलमलले काममा बाधा पुर्याउन सक्छ । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट धाेका पाइनेछ । दोहोर्याएर प्रयत्न गर्दा पहिले रोकिएको काम बन्न सक्छ । हतारको निर्णयले समस्या निम्त्याउनेछ । अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । 
     
    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू) 
    अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ । 
     
    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
    रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । 
     
    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । लगनशीलताले मात्र आंशिक सफलता प्राप्त हुनेछ । अरूको उपकार गर्न सकिनेछ । उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । 
     
    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ । मिहिनेतकाे प्रतिफल भने प्राप्त हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग पाइनेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । 
     
    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
    परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ । प्रयत्न गर्दा स्रोतसाधन जुटाउन सकिनेछ । पछिका लागि लगानी गर्नुपर्ने समय छ । खर्च लागे पनि उपलब्धिले दिन उत्साहजनक रहनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोलेनाथको दर्शन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।