Logo

२०८३, आश्विन ११गते


images
images

देवदहमा 'युवासंग हामी' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

देवदहमा 'युवासंग हामी' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
  • देवदहमा 'युवासंग हामी' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदहमा युवासँग हामी कार्यक्रम सम्पन्न भएको छ । आइतबार समृद्ध समुदाय विकास केन्द्र रुपन्देहीको आयोजना, स्कुल लाइफ इन नेपाल डेनमार्कको साझेदारी तथा देवदह नगरपालिकाको समन्वयमा युवासँग हामी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रमको औचित्य तथा परियोजनाको अवधारणाबारे बोल्दै समृद्ध समुदाय विकास केन्द्र रुपन्देहीका परियोजना प्रमुख युवराज चापागाईंले युवाहरुलाई उद्यमशील बनाउँदै जिम्मेवार नागरिकको रुपमा स्थापित गर्नका लागि आँफुहरुले काम गरिरहेको बताए । उनले युवाहरुमा रहेका हरेक समस्यका क्षेत्रमा काम गर्दै युवालाई अगाडि बढाउने परियोजनाको मुख्य कार्य रहेको बताए । विभिन्न संघ संस्था तथा विद्यालयहरुसँगको सहकार्यमा युवा लक्षित तालिम तथा युवा विकासको क्षेत्रमा काम गर्ने परियोजनाको रणनीति रहेको जानकारी दिए ।

    images
    images
    images


    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाईँ, देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेल, संस्थाका संरक्षक एवं देवदहका पुर्व नगर प्रमुख हिरा बहादुर खत्री, नगरका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे, लुम्बिनी युवा परिषद नेपालका उपाध्यक्ष गोविन्द केसी लगायतले बोल्दै युवा शसक्तिकरण आजको आवस्यकता रहेको औँल्याउनुभयो । युवाहरु जिम्मेवार र उद्यमशील बने मात्र समाज समृद्ध हुने उहाँहरुको भनाई रहेको थियो ।

    images
    images
    images


    कार्यक्रममा युवा तथा उद्यमसँग सम्बन्धित उर्जाका आशाहरु शिर्षकको नाटक प्रस्तुत गरिएको थियो ।


    देवदहका जनप्रतिनिधिहरु, टोल बिकास संस्थाका पदाधिकारीहरु, युवा क्लवका प्रतिनिधिहरु, उद्यमी व्यवसायी, युवा लगायतको सहभागीता रहेको कार्यक्रममा हरेक क्षेत्रका प्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रमा युवाहरुको संलग्नता, समस्या तथा योजनाका बिषयमा आयोजकले राखेका प्रश्नहरुको विश्लेषणात्मक जवाफ प्रस्तुत गरेका थिए । 


    कार्यक्रम संस्थाका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षता, मनकला पाण्डेयको स्वागत तथा आविस्कार परजुली र राहुल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # युवा सङ्ग हामी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।