देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रिस्तरीय १७ औं बार्षिक साधारण सभा शुरु भएको छ । कोलिय देवदह साकोसले पहिलो चरणमा सेवा केन्द्रस्तरीय गरी असोज ३ गर्ने मूल समारोह गर्ने संस्थाले जनाएको छ ।
सो सन्दर्भमा देवदह सेवा केन्द्र स्तरीय १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संस्थाका साधारण सदस्य एवं लुम्विनी प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले राज्यले अगाडी सारेको तीन खम्वे अर्थ नीति अन्र्तगत सहकारी प्रमुख रहेको बताएका छन् । सहकारीको माध्यमबाट रोजगारी सृजना गरी उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले सहकारीहरुले शेयर सदस्यहरुको जीवनस्तर परिवर्तन गर्ने गरी काम गर्न आवश्यक रहेको बताए ।
कोलिय देवदह साकोस देवदह सेवा केन्द्रका संयोजक राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने, पुर्वअध्यक्ष प्रकाश अर्याल, संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, सल्लाहकार ईश्वरीप्रसाद ढुंगाना, पुर्व उपाध्यक्ष खेमानन्द ज्ञवाली, सचिव कृष्णराज पौडेल, लेखा संयोजक हरिप्रसाद ढुंगाना, संचालक पार्वती न्यौपाने, गोमा ज्ञवाली, कुशुम पाण्डे, गौमति बुढाथोकी, दुर्गादत्त कडेल, हरिप्रसाद भण्डारी, कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
साधारण सभाले सेवा केन्द्रको बार्षिक प्रतिवेदन पास गर्दै मूल समारोहका लागि २३८ जना प्रतिनिधि छनोट गरेको छ । कार्यक्रममा सेवा केन्द्र अन्र्तगतका ९३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरिएको थियो ।
संचालक मेघनाथ पौडेलको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी देउराली सेवा केन्द्र तिलोत्तमा पनि बार्षिक साधारणसभा सम्पन्न भएको छ । सेवा केन्द्रका संयोजक पितामवर खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव ऋषिराम सापकोटा, तिलोत्तमा–८, का वडाअध्यक्ष कृष्णप्रसाद पौडेल, सल्लाहकार जयकिशन अधिकारी, संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष प्रजापति सापकोटा, शेयर सदस्य डिल्लीराज भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए ।
साधारण सभाले बार्षिक प्रतिवेदन पास गर्दै २५ जना प्रतिनिधि छनोट गरेको छ । राजुमान गुरुङ्गको स्वागत र सहव्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा भएको कार्यक्रम १३ जना जेष्ठ नागरिकलाई समान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology