Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले  आफ्नै पाठ्यक्रम लागु गर्ने

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले  आफ्नै पाठ्यक्रम लागु गर्ने

images
  • गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले  आफ्नै पाठ्यक्रम लागु गर्ने
    images
    images

    गुल्मी । रूरू क्षेत्र गाउँपालिका गुल्मीले स्थानीय विज्ञको टोली मार्फत आफ्नै पाठ्यक्रम तयार गरेको छ । पाठ्यक्रम प्रस्तुतिकरण कार्यक्रम मार्फत रुरुक्षेत्र गाउँपालिका गुल्मीको पाठ्यक्रम प्रस्तुत एबम् सार्वजनिक गरिएको हो । कार्यक्रमको प्रमुख आथिती प्रदेश सांसद तथा विशेषाधिकार समितिका संयोजक कमल राज श्रेष्ठले अन्यको कपी पेस्ट नगरी मौलिक विषयमा विद्यार्थी लाई सिकाउनु पर्ने बताए ।                      

    images
    images
    images

    शिक्षा युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव थानेश्वर ज्ञवालीले स्थानीय विज्ञ टोलीले राम्रो पाठ्यक्रम तयार गरेको मा प्रसंसा गर्दै सरल र विद्यार्थी केन्द्रित पुस्तक तयार गर्न सुझाव दिए । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी ले पाठ्यक्रम तयार गरेकोमा खुसी बेक्त गर्दै नैतिक विषय वस्तु सरल र सिकाइ उपलब्धि वृद्धि हुने गरी किताब समावेश गर्न सुझाव दिए ।

    images
    images
    images

    गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले शैक्षिक प्राविधिक क्षेत्रको तयारी प्राज्ञिक विज्ञ र शिक्षा शाखाले अगाडि बढाउने आर्थिक र समन्वयको काम पलिकाले आगाडी बढाउँदै आगामी दसैंभित्र बाँकी काम पूरा गरी नयाँ शैक्षिक सत्रबाट पालिकाभरी आफ्नै पाठ्यक्रम का पुस्तक लागू गर्ने बताए। 

    images
    images
    images

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले स्वागत गरेका थिए। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष फर्सुराम ज्ञवाली, नेकपा माओवादी केन्द्रका सचिव नारायण पौड्याल, श्रेङेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डे, जनबोध मा .वि का प्र .अ  वामदेव ज्ञवाली लगायतले सुझाव प्रस्तुत गरेका थिए। 

    रुरू क्षेत्र गाउँपालिकाले स्थानीय विज्ञको विज्ञापन गरी रोहित भण्डारी, रमेश प्रसाद ज्ञवाली, राम प्रसाद श्रेष्ठ र नारायण ज्ञवालीलाई विज्ञ र महेन्द्र प्रसाद गौतमलाई विज्ञ सल्लाहकारमा नियुक्त गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को व्यवस्था अनुसार स्थानीय पाठ्यक्रम तयार गरेको हो । 

    पाठ्यक्रम विकास केन्द्रको मापदण्ड अनुसार १ देखि कक्षा ५ सम्मको १०० पूर्णांक को पाठ्यक्रम तयार गरिएको छ। रूरु क्षेत्रको कृषि पर्यटन र संस्कृति विषय वस्तु समेटिएको स्थानीय पाठ्यक्रम आगामी सैछिक सत्र बाट कक्षा १ देखि ५ सम्म र त्यस पछि क्रमश ८ कक्षा सम्म पुर्याउने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।