Logo

२०८३, कार्तिक २५गते


images
images

केरवानी माविबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

केरवानी माविबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

images
  • केरवानी माविबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
    images

    देवदह । देवदहस्थित केरवानी माध्यमिक विद्यालयले कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त  गरेको छ । विहिबार एक कार्यक्रमविच विद्यालयले उत्तीर्ण  विद्यार्थीलाई बधाई दिएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण पौडेलले केरवानी माविले विद्यार्थीको सर्वाङ्गिण विकासमा जोड दिंदै सोही अनुसार पठनपाठन गराएको बताए । शान्त र मर्यादित बाताबरणमा विद्यार्थीलाई अध्यापन गराई उत्तीर्ण गराउन भुमिका खेलेकोमा विद्यालय व्यवस्थापन समितीको तर्फबाट पौडेलले सम्पुर्ण शिक्षक, कर्मचारी तथा मिहेनत गर्ने विद्यार्थीहरूलाई धन्यवाद सहित विद्यार्थीको उज्ज्वल भविष्यलाई शुभकामना सहित बधाई ज्ञापन गरे ।

    images
    images
    images


    सो क्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विरेन्द्र पाण्डे, सुशिला भट्टराई, सीता काफ्ले, देवदह आदर्श बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख जयकिशन अधिकारी, सहायक प्रधानाध्यापक हरि प्रसाद पाण्डे, विद्यार्थी रामचन्द्र पौडेल शुभकामना मन्तव्य राखेका थिए ।

    images
    images

    विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक निर्मल ढुंगानाले स्वागत गरेका थिए ।  कार्यक्रममा विद्यालयका मावि संयोजक खेमानन्द ज्ञवालीले नतिजा विश्लेषण गरेमा थिए भने संचालन कक्षा ११-१२ कोर्डिनेटर कृष्ण प्रसाद ज्ञवालीको रहेको थियो ।

    केरवानी माविबाट कक्षा १२ मा नियमित तर्फ ८८ जना उत्तीर्ण भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।