Logo

२०८३, आश्विन ११गते


images
images

शिर्षनेता को-कहाँबाट सिफारिस

शिर्षनेता को-कहाँबाट सिफारिस

images
  • शिर्षनेता को-कहाँबाट सिफारिस
    images
    images

    राजेश पराजुली, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मदवार सिफारिस गर्न थालेका छन् । कतिपय शीर्ष नेताहरु एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ ।   

    images
    images
    images

    स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुको नाम समेटेर प्रदेश र केन्द्रमा पठाएपछि केन्द्रले निर्णय गर्नेछ । अहिलेसम्म मुख्य पार्टीका धेरैजसो शीर्ष नेताहरुको नाम सिफारिस भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उनको नाम सिफारिस हुन बाँकी छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन-३ र गोरखा-१ बाट उम्मेदवार सिफारिस भएका छन् ।

    images
    images
    images

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं २, रौतहट १ र ४ बाट सिफारिस भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सिरहा १ र २, बारा २ र मोरङ ५ बाट सिफारिस भएका छन् ।

    images
    images
    images

    यसैगरी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र नेता शेखर कोइराला मोरङ ६ बाट सिफारिस भएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २, उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १, उपाध्यक्ष युवराज ज्ञवाली दाङ ३ र महासचिव शङ्कर पोखरेल दाङ २ बाट सिफारिस भएका छन् ।

    कांग्रेस उपभासपति पूर्णबहादुर खड्का सुर्खेत १ र उपसभापति धनराज गुरुङ स्याङ्जा १, महामन्त्री गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट सिफारिस भएका छन् । 

    यस्तै सभामुख अग्निप्रसाद सापकोटालाई माओवादी केन्द्रले सिन्धुपाल्चोक १ बाट सिफारिस गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।