Logo

२०८३, श्रावण २७गते


images
images

भरतपुरको विद्युत लाइन भूमिगत हुने, प्रचण्ड र कुलमानले गैंची चलाएर गरे शुभारम्भ

भरतपुरको विद्युत लाइन भूमिगत हुने, प्रचण्ड र कुलमानले गैंची चलाएर गरे शुभारम्भ

images
  • भरतपुरको विद्युत लाइन भूमिगत हुने, प्रचण्ड र कुलमानले गैंची चलाएर गरे शुभारम्भ
    images
    images

    भरतपुर । नेपाल विद्युत प्राधिकरणले भरतपुरका बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ।

    images
    images
    images

    पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने बजार क्षेत्रको काम शनिबारबाट सुरु गरिएको हो।

    images
    images
    images

    पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे। भरतपुर महानगर कार्यालयको अगाडि पूर्व-पश्चिम राजमार्गको छेउमा प्रचण्डले गैंची चलाएर आयोजनाको आरम्भ गरेका थिए।

    images
    images
    images


    नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो। आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विद्युतलाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरण/थप गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

    आयोजनाले अप्टिकल फाइवर केवल बिछ्याउने तथा वितरण प्रणाली स्वचालन गरिने उनले बताए। 

    विद्युत वितरण प्रणालीलाई भूमिगत प्रविधिद्वारा सुदृढीकरण गरि गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत सेवा प्रदान गर्नुका साथै सहरी सौन्दर्यीकरण बढाउनेछ,' उनले भने। 
    परियोजना प्रमुख वीरेन्द्रकुमार झाले वितरण प्रणालीलाई भूमिगत र आवश्यकताअनुसार ओभरहेडरुपमै पनि सुदृढीकरण गरिने बताए। हाल जडित ट्रान्सफरमरहरुको क्षमता अभिवृद्धी गर्ने तथा नयाँ वितरण ट्रान्सफरमरहरु थप गर्ने झाले बताए। 
    भारतको टाटा प्रोजेक्ट्स लिमिटेडसँग २०२२ जनवरी २० मा सम्झौतागरी कार्य प्रारम्भ भइसकेको प्राधिकरणले जनाएको छ। यो आयोजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। 

    शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विद्युतीय लाइन भूमिगत गर्ने कामले स्मार्ट सिटी भरतपुरको लक्ष्यमा सघाउने बताए। उनले यो कार्य विकासमात्रै नभएर जनताको सुरक्षा र सहरको सौन्दर्यसँग जोडिएको बताए। 

    'भरतपुरलाई विकासको मोडलकारुपमा विकास गर्नुपर्छ भनेर हामी लागेका छौं। यही अभियानअन्तर्गतको योजना हो यो,' दाहालले भने, 'सहर हुँदै पुरै महानगरको विद्युतलाइन भूमिगत गर्नेतर्फ लाग्नुपर्छ।'

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरलाई व्यवस्थित सहर बनाउने र स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने बताइन्।  निर्माण व्यवसायीले समयमै निर्माण कार्य नसक्ने समस्या भरतपुरमा रहेको भन्दै उनले यो आयोजना समयमै सक्न प्राधिकरणलाई आग्रह गरिन्। 

    यो आयोजनाको पहिलो चरणको कामका लागि करिब ३ अर्व बजेट खर्च हुने प्राधिकरणले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।