Logo

२०८३, कार्तिक २७गते


images
images

धरानमा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने 

धरानमा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने 

images
  • धरानमा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने 
    images

    काठमाडौं । धरान उपमहानगरपालिकामा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने भएकाे छ । इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनममा ल्याउँदै उपमहानगरपालिकाले सेवाग्राहीलाई अनलाइनबाटै नक्सा पास गर्न सकिने सुविधा उपलब्ध गराएको हो । 

    images
    images
    images

    उपमहानगरलाई कागतजातविहीन बनाउने अवधारणाअनुसार यसको सुरुवात गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले जानकारीलाई बताए ।

    images
    images
    images


    “गत बुधाबारबाटै यो सेवाको सुरुवात गरिएको हो । हालसम्म अनलाइन प्रणालीमार्फत दुई ओटा नक्सा पास सम्पन्न भइसकेको छ,’ रिजालले भने । 

    images
    images

    सुरुवाती चरण भएकाले सिस्टमबाट पास गर्ने प्रक्रिया केही ढिलाइ भएता पनि विस्तारै लयमा आउने रिजालले बताए । 

    “हाल कागजी रुपमा उपलब्ध १७ हजार डकुमेन्टलाई डिजिटाइज गर्नुपर्ने छ,” उनले भने, “डिजिटाइजको काम सम्पन्न भएसँगै सिस्टम अझ बढी प्रभावकारी हुनेछ ।”


    यो सेवा सुरु भएसँगै नक्सा पासको लागि कुनै पनि कागजी प्रक्रिया आवश्यक नपर्ने भएको छ । 

    “ईभीपिएस सफ्टवेयर प्रयोग गरि सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत सोझै नक्सा शाखामा पठाउन सकिनेछ । त्यसैका आधारमा उपमहानगरले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ । हस्ताक्षरसम्मको सबै काम सिस्टममार्फत नै गर्न सकिने हुने सेवाग्राहीले कार्यालयमा आएर एउटा कोठाबाट अर्को कोठा धाउनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ,” उनले भने । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धरान उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।