Logo

२०८३, कार्तिक २७गते


images
images

धरानमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्न समिति गठन

धरानमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्न समिति गठन

images
  • धरानमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्न समिति गठन
    images

    काठमाडौं । सुनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समिति गठन गरेको छ ।

    images
    images
    images

    प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो ।

    images
    images
    images

    यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

    images
    images

    स्थानीय स्तरमा धरान उपमहानरपालिकाले सरकारलाई सो भेगमा विमानस्थल बनाउन दबाब दिइरहेको छ ।

    धरान नजिकै अन्य विमानस्थलहरु रहेको अवस्थामा सो भेगमा किन विमानस्थल चाहियो भन्दै आम रुपमा भने विरोध भइरहेको छ ।

    बुधबार मात्रै धरानमा विमान स्थल बनाउन पहल गरिदिन आग्रह गर्दै धरान उपमहानरका मेयर हर्क साम्पाङ राईले मन्त्री किरातीलाई पत्र लेखेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धरान उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।