अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीका नेता इन्द्रमणी पौडेलले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा कुनैपनि खालकाो चुनावी रेसमा आफु नरहेको बताएका छन् ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै पौडेलले १४ औं महाधिवेशनमाा गरेका प्रतिवद्धता अनुसार नै आफु कुनैपनि लाभको पदमा नलागी संगठनको काममा लाग्ने संकल्प गरेको भन्दै पौडेलले यो चार वर्ष संगठनको काममा बाहेक अन्यत्र ध्यान नदिने बताएका हुन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा म जिल्ला सभापतिमा उम्मेदवार बन्दैगर्दा आगामी चार वर्ष कुनै लाभको पद नलिई पार्टी र संगठनको काम गर्ने प्रतिवद्धता जाहेर गरेको कुरा मेरो संकल्प पत्रमा उल्लेख भएको सर्वविदितै छ ।” पौडेलले भनेका छन् “धेरै शुभचिन्तक साथीहरुले तपाई उम्मेदवार बन्नुपर्छ भनिरहेको अवस्थामा मैले यसपटकको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी नदिने कुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छु ।”
आफु रेसमा नरहेपनि पार्टीले उम्मेदवार चयन गर्दा युवा, भुगोल, सिमान्त वर्ग र समकालिन नेतृत्व हेर्नैपर्ने नेता पौडेलले सुझाव छ । पौडेलले भनेका छन् “पार्टीले उम्मेदवार चयन गर्दा युवा, भुगोल, सिमान्त वर्ग र समकालिन नेतृत्वको प्रतिनिधित्व हुनेगरी सिफारिस गर्न पनि अनुरोध गर्दछु ।”
नेता पौडेल गत महाधिवेशनमा नेपाली काँग्रेस अर्घाखाँचीको सभापतिका उम्मेदवार थिए । केशव श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा पौडेल उपविजेता बनेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology