Logo

२०८३, श्रावण २७गते


images
images

समसामयिक विचार

गैरजिम्मेवार सरकारका अभागी नागरिक हामी

गैरजिम्मेवार सरकारका अभागी नागरिक हामी

सरकारको प्राथमिकता जनताको स्वास्थ्यमा परेन बरु राममन्दिर, भ्यु टावर र धरहरामा पर्यो ।
images
  • गैरजिम्मेवार सरकारका अभागी नागरिक हामी
    images
    images

    देश कोरोनाले अस्तब्यस्त छ । संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । २० हजार स्वाब जाँच गर्यो भने झण्डै आधा ९ हजार बढी केस पोजेटिभ आइरहेको छ । 

    images
    images
    images

    अस्पतालमा बेड नहुनु त सामान्य नै भयो ।एम्बुलेन्समा समेत अक्सिजन नभएर बिरामीका आफन्तले अक्सिजनको लागि हारगुहार गरेका समाचार बाहिर आइरहेका छन । फेसबुक ट्विटरमा सहयोग मागिरहेका छन तर उपलब्ध गराउने कसले ? अक्सिजन उद्योगमा सरकारले हस्तक्षेप गरेर सरकारी अस्पताल र निजि अस्पतालको लागि कोटा निर्धारण गरिदिएको छ । अहिले हस्तक्षेप गर्ने सरकारले यो अबस्था आउनु भन्दा पहिलेनै ती अक्सिजन उद्योगहरुमा निरीक्षण गरेर राज्यले गर्नुपर्ने आवस्यक सहयोग गर्न सक्नुपर्थ्यो जबकी नेपालमा कोरोना देखीएको झण्डै १५ महिना हुन लागिसक्यो ।

    images
    images
    images

    ब्यारेकमा भएका नेपाली सेना, राजनीतिक दलका युवा कार्यकर्ता र अन्य स्वयंसेवक प्रयोग गरेर अस्पताल, क्वारेन्टाइन निर्माण गर्न सक्थ्यो भलै दस दिनमै सकिन्नथ्यो होला १५ महिनामा केही त सकिन्थ्यो नि ? तर सरकारको प्राथमिकता जनताको स्वास्थ्यमा परेन बरु राममन्दिर, भ्यु टावर र धरहरामा पर्यो ।

    images
    images
    images

    चिनले जसरी कोरोनाको सुरुवातमै जतिबेला त्यहाँ तिब्र गतीमा फैलिएको थियो र त्यहाको सरकारले नागरिक प्रती उत्तरदायी भएर हजार बेडको अस्पताल दश दिनमा बनायो त्यसै गरि हाम्रो सरकारले पनि ब्यारेकमा भएका नेपाली सेना, राजनीतिक दलका युवा कार्यकर्ता र अन्य स्वयंसेवक प्रयोग गरेर अस्पताल, क्वारेन्टाइन निर्माण गर्न सक्थ्यो भलै दस दिनमै सकिन्नथ्यो होला १५ महिनामा केही त सकिन्थ्यो नि ? तर सरकारको प्राथमिकता जनताको स्वास्थ्यमा परेन बरु राममन्दिर, भ्यु टावर र धरहरामा पर्यो ।

    अहिले राजनैतिक दल र नेताको पहुँचमा हुने अनि प्रशस्त पैसा हुनेले भनसुनका आधारमा अस्पतालमा बेड पाइरहेका उदाहरण धेरै छन । तर मध्यम र निम्न आय हुनेको अबस्था नाजुक छ । निजि धनी अस्पतालहरुले खुल्लम खुल्ला सुचना टांस्दै एउटा बेडको आधा लाख भन्दा बढि तिर्ने भए बिरामी ल्याउ नभए नल्याउ भन्न थालिसके तर सरकार रमिता हेर्दै छ । रमिता नहेरोस पनि कसरी तिनै धनी अस्पतालहरुबाट नियमन गर्ने निकायलाइ निश्चित प्रतिशत कमिसन आउने न हो । अनि कसरी बोल्छन् त माफियाका अघि कमिसनखोरहरु ?

    मान्छे पशु मरे जसरी मरिरहेका छन । घरबाट अस्पताल जान एम्बुलेन्स पाउदैनन । एम्बुलेन्स पाए बेड पाउदैनन । बेड पाए अक्सिजन पाउदैन । तर, सरकार आफ्नो सत्ता कसरी टिकाउने भनेर छलकपट गर्दै न्वारान देखीको बल लगाइरहेको छ । केन्द्र सरकार हेर्नुस त्यस्तै रमिता छ । प्रदेश सरकार हेर्नुस त्यस्तै रमिता छ । स्थानीय सरकारको त के कुरा गराइ भो र त्यै पनि सकेको गरेकै छन । अब उपाय उहि भगवान भरोसा न हो ।

    हामिले तिर्ने हरेक करबाट स्थानिय तह देखि केन्द्र सरकारसम्मका ब्वांसाहरु पालिएकाछन । अहिले जनताले अस्पताल आफै खोज्नुपर्ने, बेड आफै खोज्नुपर्ने, डाक्टर आफै खोज्नुपर्ने, औषधि आफै खोज्नुपर्ने, अक्सिजन आफै खोज्नुपर्ने, आइसियु भेन्टिलेटर आफै खोज्नुपर्ने भएपछि केन्द्र देखि स्थानिय तहसम्मका ती ब्वांसाहरुको काम के ?

    हामिले तिर्ने हरेक करबाट स्थानिय तह देखि केन्द्र सरकारसम्मका ब्वांसाहरु पालिएकाछन । अहिले जनताले अस्पताल आफै खोज्नुपर्ने, बेड आफै खोज्नुपर्ने, डाक्टर आफै खोज्नुपर्ने, औषधि आफै खोज्नुपर्ने, अक्सिजन आफै खोज्नुपर्ने, आइसियु भेन्टिलेटर आफै खोज्नुपर्ने भएपछि केन्द्र देखि स्थानिय तहसम्मका ती ब्वांसाहरुको काम के ?

    ओलीबाहेक दुनियाँ नदेख्ने शंकर पोखरेल, दिल्लीका केजरीवाललाई हेर !

    शुक्रवार मात्रै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले दिल्लीवासिको नाममा सम्बोधन गर्दै कोरोना महामारीसङ्ग लड्नको लागि अब हामिसङ्ग १२ सय बढी आइसियु बेड तयार भएका छन । अक्सिजन सहितका अरु नयाँ बेडहरु बनिरहेका छन र कमि हुने छैन । अक्सिजनका सिलिन्डर पनि धेरै मात्रामा खरिद गरिएको र हजारौं सिलिन्डर खरिद गर्ने बताए । 

    उनी आफ्ना जनताप्रति कतिसम्म उत्तरदायी रहेछन भन्ने कुरा उनको पत्रकार सम्मेलनले प्रस्ट देखाउछ । कोरोनाले गर्दा मृत्यु भएकाहरुप्रती सम्झदै बचाउन नसकिएकोमा दुख ब्यक्त गरे । यति सम्मकी कोरोनाबाट आफ्ना अभिभावक गुमाएका बच्चाहरुलाइ कहिलै पनि एक्लो महसुस नगर्नु तिमिहरुको साथमा म छु र सरकारले रेखदेख गर्ने, शिक्षामा अबरोध आउन नदिने, उनिहरुको अभिभावक सरकार बन्ने बताए । घरमा कमाइ गर्ने आफ्ना सन्तान गुमाएका बृद्ध आमा बुवालाइ तपाइको एउटा छोरा अझै जिउदैछ चिन्ता नलिनुस सम्म भने । उनिहरुको परिवारमा माया, सद्भाव र आत्मियताको आबस्यक रहेको हुंदा सबै छिमेकिले सहयोग गर्न अनुरोध गरे । उनको त्यो पत्रकार सम्मेलन हेर्दा पनि कति ईष्र्या लाग्ने खालको दिल्लीका जनता कति भाग्यमानी रहेछन । उनी मुख्यमन्त्री भए देखि दिल्लीको बिकासको कुरा फेरि गरौंला ।

    यता हाम्रोमा त्यसको ठिक उल्टो छ । अब म हाम्रो मुख्यमन्त्रीको कुरा गर्छु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नाम मात्रैको मुख्यमन्त्री भन्दा फरक नपर्ला । अझै उनी त फेसबुकमा स्ट्याटसमा ह्याटृक नै गर्ने मन्त्री होलान सायद ।

    आफू मुख्यमन्त्री भएको तीन बर्ष सम्ममा  सिन्को नभांचेका मुख्यमन्त्रीले धन्न प्रदेशको न्वारान गर्न र राजधानी तोक्न भ्याए । उनले कसरी आफ्नो पद जोगाउने र केपि ओलीको भजन गाउने भन्ने  बाहेक अरु अहिले सम्म देखिएन । तपाइँ हरु देख्नुहुन्छ भने यस पंक्तिकार लाई भनिदिनुहोला । गुट उपगुटमा रमाउन आफ्नो मर्यादा बिर्सेर तल्लो स्तरमा गिर्दै स्ट्याटस लेख्न माहिर मुख्यमन्त्री आफ्नो क्षमता बिना ओलीको आशीर्वादले यहाँसम्म आएको जस्तो लाग्दैछ ।

    अन्त्यमा, सरकारको भर परियो र हामी आफै सजग भएनौ भने स्थिति झन बिकराल बन्न सक्छ तसर्थ सके सम्म अस्पताल जानू नपर्ने बाताबरण सृजना गरौ । सरकार र त्यस्तै हो अब भगवान भरोसा ।
    हामी सबैको जय होस ।

    पुनश्च : पंक्तिकार कुनै राजनैतिक दलको कार्यकर्ता नभई एउटा स्वतन्त्र नागरिक भएको जानकारी गराउँदछु ।

    ✍️ अशोक गौतम 'क्षितिज'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।