काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङ मन्त्री पदबाट राजिनामा दिनुपर्ने विचार व्यक्त गरेका छन । उनले कुलमान गैरदलिय सरकारको मन्त्री रहेको भन्दै रास्वपाको उपसभापति बनेकोप्रति प्रश्न उठाएका हुन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ? भन्दै प्रश्न गरे ।
सोमबार कुलमानलाई रास्वपाको उपाध्यक्ष बनाउदै उज्यालो नेपाल पार्टी रास्वपामा विलयको सम्झौता भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology