Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

प्रधानमन्त्री शाहसँग कुलमानको भेटवार्ता, उद्धार प्रभावकारी बनाउन उपकरण पुर्याउन दिए सुझाव

प्रधानमन्त्री शाहसँग कुलमानको भेटवार्ता, उद्धार प्रभावकारी बनाउन उपकरण पुर्याउन दिए सुझाव

images
  • प्रधानमन्त्री शाहसँग कुलमानको भेटवार्ता, उद्धार प्रभावकारी बनाउन उपकरण पुर्याउन दिए सुझाव
    images
    images

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बिहीबार रसुवा बाढीपछिको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने विषयमा घिसिङले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सुरुङ भित्र उद्धार गर्न आफुले उपकरण र दक्ष उद्धार टोली परिचालन गर्नुपर्ने सुझाव दिएको बताए । घिसिङले उद्धारका लागि कुनै विशेष प्रविधिको आवश्यकता नरहेको प्रधानमन्त्रीलाई बताएको जानकारी दिए ।

    images
    images
    images

    बुधबार प्रधानमन्त्री शाहले संसदमा बोल्दै सुरुङबाट उद्धारको प्रविधि विश्वमा नै नरहेको अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ ।  

    images
    images
    images

    घिसिङले उद्धारमा मुख्य चुनौती जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलसम्म पुर्‍याउनु रहेको बताउदै भने- 'कुनै विशेष प्रविधि चाहिने होइन, सामान्य उपकरण र दक्ष उद्धार टोलीबाटै काम गर्न सकिन्छ ।मुख्य समस्या जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलमा पुर्‍याउनु हो।’

    घिसिङले उपकरण समयमै घटनास्थलमा पुर्‍याउन सके उद्धार कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन सकिने बताए । घिसिङ यसअघि नै जलविद्युत आयोजनाका सुरुङमा भएको उद्धारका कामको अवलोकन गरेर फर्किएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।